Logo
२१ बैशाख २०८१, शुक्रबार
(June 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जान्नुहोस् : जीवनमा सधै स्वस्थ रहन असल खानपानका २० उपाय !

नेपालमा अहिले कोरोना महामारीको दोस्रो लहर फैलिरहेको छ । काठमाडौं उपत्यकासहित देशका अधिकाशं जिल्लामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि निषधाज्ञा जारी गरीरहेका छन् ।

मानिसहरु घरभित्र नै थुनियर बस्नु परीरहेको छ । रहामी कोरोना संक्रमणको त्रासबाट मुक्त हुन सकेका छैनौं। आफूलाई स्वस्थ राख्न लागि पनि विशेष योजना र स्वस्थकर जीवनशैली अपनाउन आवश्यक छ।

घरभित्रै थुनियर बस्दाँ खेरी पनि हामीलाई धेरै प्रकारका स्वास्थ्य समस्या सृजना हुने गर्छ । यस्तो बेलामा हामीले घर भित्रनै गरीने व्यायाम गर्नु पछि साथै सन्तुलित भोजन सेवन गर्न एकदमै आवश्यक छ । साथै कोरोना भाइरसबाट बच्नको लागि पनि सन्तुलित भोजन सेवन गर्न अत्यावश्यक मानिन्छ ।

स्वस्थ जीवनका लागि असल खानपान हुन अति आवश्यक छ। आज हामी तपाईलाई असल खानपानका २० वटा उपायबारे जानकारी गराउन गइरहेका छौँ ।

असल खानपानका यी हुन्  २० उपाय-

१. विभिन्न थरीका खाने कुराहरू हरेक दिन उपभोग गर्ने।

२. फलफूल र हरिया सागसब्जी हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने।

३. दाल र गेडागुडी हरेक दिन उपभोग गर्ने।

४. माछा, मासु वा अण्डा नियमित रूपमा उपभोग गर्ने।

५.दूध र दूधजन्य खाने कुराहरू हरेक दिन उपभोग गर्ने।

६. खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने।

७.खानपान सम्बन्धि अन्धविश्वासबाट सावधान हुने।

८. खानामा नुनको प्रयोग कम मात्रामा उपभोग गर्ने।

९. गुलिया र चिल्ला खानेकुरा कम मात्रामा उपभोग गर्ने।

१०. सँधै ताजा र सफा खाद्य वस्तु उपभोग गर्ने।

११. पर्याप्त मात्रामा सफा पानी पिउने।

१२.नियमित रूपमा शारीरिक परिश्रम गर्ने।

१३. परम्परागत तथा स्थानीयस्तरमा पाइने पौष्टिक खाद्यवस्तु उपभोग गर्ने।

१४.पौष्टिक तत्व कम भएका तथा बढी गुलिया, चिल्ला र नुनिला खाने कुरा कम मात्रामा उपभोग गर्ने।

१५. मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने।

१६. शिशुलाई पर्याप्त मात्रामा स्तनपान गराउने।

१७.शिशु ६ महिना पूरा भएपछि स्तनपानको साथसाथै थप खाना खुवाउने।

१८. गर्भवती र स्तनपान गराउने आमाले थप र पोषिला खाद्य वस्तु उपभोग गर्ने।

१९.किशोरकिशोरीहरूले खानपान सम्बन्धी स्वस्थ मानी बसाल्ने।

२०. ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने।

माथि दिएका उपायहरुलाई नियमित रूपमा आफ्नो जीवनमा लागू गर्न सकेमा धेरै किसिमका रोग तथा संक्रमणबाट पनि जोगिन सकिन्छ। स्वस्थ रहन सकेमा आफूले बनाउने हरेक कार्य तथा योजना सफल पार्न सकिन्छ।  स्वास्थ्य पत्रपत्रिका

प्रकाशित मिति: Jun 2, 2021

प्रतिक्रिया दिनुहोस्