Logo
४ जेष्ठ २०८१, शुक्रबार
(June 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिनियाँ अनुदानको ‘भेरोसेल’ खोप जेठ २५ गतेदेखि ६० देखि ६४ वर्षका नागरिकलाई लगाउने

चिनियाँ अनुदानको ‘भेरोसेल’ खोप जेठ २५ देखि ६० देखि ६४ वर्षका नागरिकलाई लगाउने सरकारले जनाएको छ ।

चीन सरकारबाट अनुदानमा आएको खोप आउँदो २५ गतेदेखि लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । नागरिकले खोप लगाउन जाँदा सरकारी कागजात वा वडा कार्यालयले दिएको सिफारिस लैजानुपर्नेछ ।

चीनले यसअघि पनि आठ लाख डोज खोप अनुदानमै दिएको थियो । चीनले अनुदान घोषणा गरेको १० लाखमध्ये नौ लाख डोज खोप हिजो काठमाण्डौ आइपुगेको हो ।

एक लाख डोज आज आइपुग्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रहमा चिनियाँ राष्ट्रपति सी जिनफिङले अनुदानमा खोप दिने घोषणा गर्नुभएको थियो ।

प्रकाशित मिति: Jun 2, 2021

प्रतिक्रिया दिनुहोस्