Logo
२२ बैशाख २०८१, शनिबार
(May 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस्ता समस्या देखिएमा हुन्छ भिटामिन सीको कमी, क्यान्सर हुने खतरा !

भिटामिन ‘सी’ हाम्रो शरीरका लागि निकै महत्वपूर्ण पोषक तत्व हो। यसले हाम्रो स्वास्थ्यमा थुप्रै फाइदा पुर्‍याउँछ।महिलालाई एक दिनमा ७५ मिलिग्राम जबकी पुरुषलाई ९० मिलिग्राम भिटामिन सीको आवश्यकता पर्छ ।त्यसैले यसको कमी पूरा गर्नका लागि खानामा हरेक दिन भिटामिन सी लिन आवश्यक छ ।

यसमा भिटामिन ‘ई’ को जस्तै शरीरमा अन्य एन्टिअक्सिडेन्ट कार्यलाई बढाउने क्षमता हुन्छ। जो फ्री रेडिकल्सबाट हुने क्षतिलाई कम गर्छ।

यसका अलावा भिटामिन ‘सी’ रोग प्रतिरोधात्मक क्षमता अर्थात इम्युनिटी पावरमासमेत सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्छ। मानिसले रुघा लाग्दा भिटामिन ‘सी’ युक्त खानेकुरामा त्यति ध्यान दिएका हुँदैनन्।

जसले गर्दा शरीरमा भिटामिन ‘सी’ को कमी हुन पुग्छ। र, थुप्रै अन्य रोगको पनि सामना गर्नुपर्छ। त्यसैले भिटामिन ‘सी’ को कमीले शरीरमा कुन(कुन रोगको खतरा हुन्छ भन्ने कुरा बुझ्न जरुरी हुन्छ।

शरीरमा भिटामिन ‘सी’ को कमी भयो भने सामान्य कुरामा पनि झर्किने स्वभाव बढ्ने, भोक नलाग्ने, तौल कम हुने, कमजोरी महशुस हुने, खुट्टामा पीडा महशुस हुनुका साथै थकान लाग्ने हुन्छ। यदि शरीरमा भिटामिन ‘सी’ को कमी भयो भने क्यान्सर जस्तो खतरनाक रोग लाग्ने पनि जोखिम पनि हुन्छ।

शरीरमा यसको कमीले मुटु सम्बन्धी रोगका जोखिम बढ्नुका साथै हिस्टामाइनको उत्पादनमा कमी आउँछ र यसको कमीले स्वास सम्बन्धी समस्या बढ्ने जोखिम हुन्छ। एलर्जी र तनावको समस्या हुनुका साथै जाडो मौसममा शरीर दुख्ने समस्या पनि ‘सी’ को कमीले पैदा हुनसक्छ।

भिटामिन ‘सी’ को नियमित सेवनले शरीरमा कोलेस्ट्रोलको स्तर घटाउन मद्दत पुग्छ। जसले गर्दा हृदय सम्बन्धी विरामीको जोखिमलाई कम गर्न टेवा पुग्छ।

भिटामिन सीको कमी कसलाई हुन्छ ?

खराब खानपिन शैली अपनाउने, मृगौलाकमा रोगी, असाध्यै धेरै चुरोट र रक्सी पिउनेहरुमा भिटामिन सीको असाध्यै कमी हुन्छ । शरीरमा भिटामिन सी असाध्यै कम हुँदा केही विशेष लक्षण देख्न पाइन्छ ।

भिटामिन सी कम हुँदा देखिने लक्षण-

दाँतबाट रगत आउनु, नाकबाट रगत बग्नुः

भिटामिन सीले रक्त वाहिकालाई स्वस्थ राख्छ । दाँत र गिजा बलियो हुनका लागि पनि कोलेजन आवश्यक पर्छ । एक शोधका अनुसार गिजाको रोग भएका जुन व्यक्तिले २ हप्तासम्म अंगुर खाए, उनीहरुको दाँतबाट रगत निस्कन बन्द भयो । यसबाहेक नाकबाट बारम्बार रगत आउनु पनि भिटामिन सीको कमीको संकेत हुनसक्छ ।

घाउ ढिलो निको हुनुः

चोट लाग्दा रगत र तन्तुमा हुने भिटामिन सीको स्तर निकै कम हुन्छ । शरीरलाई कोलेजन बन्नका लागि यसको आवश्यकता पर्छ । कोलेजन एक प्रकारको प्रोटिन हो जसले छालाको मर्मत गर्ने काम गर्छ । भिटामिन सीले न्यूट्रोफिललाई पनि मद्दत पुर्याउँछ । न्यूट्रोफिल सेतो रक्त कोसिका हुन् जसले संक्रमणसँग लड्न सघाउ पुर्याउँछ । भिटामिन सीको कमी हुँदा शरीरले यी सबै आवश्यक तत्व पाउन सक्दैन जसका कारण घाउ निको हुन निकै समय लाग्छ ।

रुखो, चाउरी परेको छालाः

भिटामिन सीको कमीले छाला रुखो हुन्छ । यसबाहेक छाला चाउरी पर्नुका साथै डण्डीफोर पनि आउने गर्छ । यस्तै, जो मानिसहरु भिटामिन सीयुक्त खानेकुराको सेवन गर्नुहुन्छ उनीहरुको छाला चिल्लो र मुलायम हुन्छ । भिटामिन सी एउटा एन्टीअक्सिडेन्ट हो जसले छालालाई फ्री रेडिकल्सबाट जोगाउन मद्दत गर्छ ।

तौल बढ्नु:

थुप्रै अनुुसन्धानमा भिटामिन सीको कम स्तर र तौल बढ्दै गरेको बीच एक प्रकारको सम्बन्ध पाइएको छ । विशेषगरी पेटको बोसोमा । यस्तै पर्याप्त मात्रामा भिटामिन सी पाउँदा शरीरको बोसो ऊर्जामा परिणत हुन्छ ।

कमजोर प्रतिरोधीः

भिटामिन सीको कमीले प्रतिरोधी क्षमता कमजोर हुने गर्छ । प्रतिरोधी क्षमता कमजोर ह्ँदा तपाईं बारम्बार बिरामी पर्न सक्नुहुन्छ वा निको हुन धेरै समय लाग्न सक्छ । केही शोधका अनुसार भिटामिन सी निमोनिया र मूत्राशय संक्रमणजस्ता रोगबाट बचाउने काम पनि गर्छ । यसका साथै यसले मुटु रोग र केही प्रकारको क्यान्सरको आशंकालाई पनि कम गर्न सक्छ ।

थकान र चिडचिडापनः

भिटामिन सीको कमीले जतिबेला पनि थकान र चिडचिडापन महसुस हुन्छ । १४१ व्यक्तिमाथि गरिएको एक अनुसन्धानमा भिटामिन सीको कमीले यीमध्ये धेरैलाई थकाई लागेको थियो । तर भिटामिन सी दिएको केही घण्टाभित्रै उनीहरुलाई आराम महसुस भएको थियो । यद्यपि, थकान र चिडचिडापनका अन्य पनि थुप्रै कारण हुनसक्छन् ।

स्कर्भी रोगः

भिटामिन सीको कमीले थुप्रै मानिसहरुलाई स्कर्भी रोग पनि लाग्ने गर्छ । यसका कारण बिरामीमा कमजोरी, थकान, दाँत हल्लिनु, कमजोर नङ, जोर्नी दुखाई र कपाल झर्नेजस्ता समस्या हुन थाल्छ । शरीरमा भिटामिन सीको मात्रा बढ्दा यी लक्षणमा कमी आउन थाल्छ ।

आँखा कमजोर हुनुः

यदि तपाईंको आँखा उमेरसँगै कमजोर भइरहेको छ भने भिटामिन सी र अन्य एन्टीअक्सिडेन्टको कमीले यो थप खराब हुनसक्छ । खानामार्फत् भिटामिन सी प्राप्त गर्दा मोतीबिन्दुको सम्भावना कम हुन्छ ।

त्यसैले मानिसले स्वस्थ रहनका लागि शरीरमा भिटामिन ‘सी’ को कमी हुन दिनु हुँदैन।यसको कमी हुन नदिनका लागि अमला, सुन्तला, किसमिसलगायतका फलफूल खानुपर्छ। जसले शरीरमा भिटामिन सीको कमी हुन दिँदैनन्। आफ्नो खानामा सधै सुन्तला, कागती, पालुङ्गो, किवी, अमला र ब्रोकली पक्कै पनि समावेश गर्नुहोस् । स्वास्थ्य पत्रपत्रिका

प्रकाशित मिति: May 28, 2021

प्रतिक्रिया दिनुहोस्