Logo
२७ बैशाख २०८१, बिहीबार
(May 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ठाकुरद्वारा निर्वाचन आयोगलाई जानाउ-‘उपेन्द्र मात्र दोस्रो अध्यक्ष हुन् उनको निर्णय आधिकारिक होइन’

सानैदेखि लागेको बानी झै तत्कालिन सदभावाना र फोरम जूस्तै जनता समाजवादी पार्टी नेपालको विवाद पनि निर्वाचन आयोग पुगेको छ ।

दुई अध्यक्षीय प्रणाली रहेको जसपाका एक अध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोगलाई उपेन्द्र मात्र दोस्रो अध्यक्ष भएको र उनको एक्कल निर्णय आधिकारिक नभएको बताएका छन् ।

अध्यक्ष ठाकुरले दोस्रो वरियताका अध्यक्ष उपेन्द्र यादव समूहको केन्द्रीय कार्यकारिणी समितिको बैठकलाई अवैधानिक बताएका छन् ।

अध्यक्ष ठाकुरले यादव समूहको तथाकथित गोप्य स्थानमा भएको बैठकको कुनै अर्थ नरहेको विज्ञप्तिमार्फत् जनाएका छन् ।

जसपा केन्द्रीय कार्यकारिणी समितिको पूर्वनिर्धारित जेठ ८ र ९ गतेको बैठक बढ्दो कोरोना महामारीका कारण अध्यक्ष ठाकुरले अनिश्चितकालका लागि स्थगन गरेका थिए ।

तर यादव पक्षले गोप्य स्थानमा बैठक गरी अध्यक्ष ठाकुरसहित चार जनासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

‘जसपा नेपाल केन्द्रीय कार्यकारिणी समितिको भनिएको बैठक र त्यस्तो कथित बैठकबाट गरिने सबै निर्णयहरु अमान्य हुने व्यहोरा निर्वाचन आयोगलाई समेत जानकारी गराइएको छ ।’ अध्यक्ष ठाकुरले आइतबार विज्ञप्ति जारी गरी भनेका छन् ।

उपेन्द्र समूहको निर्णयहरुलाई मान्यता नदिन जसपाको पत्र आइतबार दिउँसो ३ केन्द्रीय कार्यकारिणी समिति सदस्य डा.सुरेन्द्र झाले कान्तिपथस्थित आयोगको कार्यालयमा दर्ता गराएका थिए ।

प्रकाशित मिति: May 24, 2021

प्रतिक्रिया दिनुहोस्