Logo
२६ बैशाख २०८१, बुधबार
(May 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

युग कवि सिद्धिचरण श्रेष्ठको जन्म जयन्तीको अवसरमा परिचयात्मक प्रस्तुति

युग कवि सिद्धिचरण श्रेष्ठको ११०अौं जन्म जयन्तीको अवसरमा लोक छन्द झ्याउरेमा उहाँको परिचयात्मक प्रस्तुति :-

रचना:राजेन्द्रकुमार बज्राचार्य

युग कवि सिद्धिचरण श्रेष्ठ
जन्म:वि.सं.१९६९ जेठ ९ मृत्यु: २०४९ जेठ २२)
ओखलढुंगा बजार, ओखलढुंगा,सगरमाथा

नेपाल भाषी त्यो कवि उनी हे सिध्दि चरण ।
लेख्दथे उनी नेपाली भाषा कविता भरण ॥
॥१॥
उनका बाबू त्यो बिष्णु आमा हुन् नीर कुमारी ।
नेपाली भाषा साहित्य भयो उनको चिनारी ॥
॥२॥
बाबू र आमा एक्लो त्यो छोरा उनको कोखमा ।
जन्मिए उन्नान् सत्तरी साल ओखल ढुंगामा ॥
॥३॥
जेठको मास नवौं त्यो गते उनको जन्म भो ।
बिष्णुको आस घरको बास साहित्य स्तम्भ भो ॥
॥४॥
उनको जिल्ला ओखल ढुङ्गा गाउँ झैँ थियो त्यो ।
गाउँमा कतै स्कुल नै थेन पढाइ कहाँको ॥
॥५॥
ब्राम्हण पुत्र केवल पढ्थे गुरुको घरमा ।
रुद्रि र चण्डी वेदको पाठ गर्दथे घरमा ॥
॥६॥
उनका बुवा दिनहूँ अड्डा र डेरा फर्केर ।
अबेर राति ब्यस्त ऊ सधैँ कच्हरी बसेर ॥
॥७॥
आमाको काम दिनहूँ जसो पूजामा बसेर ।
जिन्दगी सधैं बिताए यहाँ मनले गुनेर ॥
॥८॥
उनले सात वर्षको हुँदा त्यो बाह्रखरीको ।
उनले सिक्न पाएका थिए ओखल ढुंगाको ॥
॥९॥
शहर आए आफ्नै त्यो घर काठमाण्डौं हेर ।
सँगै नै सिध्दि चरण श्रेष्ठ आए है शहर ॥
॥१०॥
स्कुलमा रहे एउटै हेर दर्वार स्कूल ।
प्रवेश गर्न गाह्राे पो थियो यहाँ त बिल्कुल ॥
॥११॥
दर्वार स्कुल महङ्गो पढ्न खर्चको समस्या ।
तै पनि भर्ना भएर पढे गरे झैँ तपस्या ॥
॥१२॥
पञ्चम कक्षा पढेर यहाँ लेखेको कविता ।
शीर्षक थियो त्यसको सुन्नु सुन्दर त्यो ‘सन्ध्या’ ॥
॥१३॥
सम्बत थियो त्यो वर्ष हेर उन्नाईस् चौरासी ।
खुशीको दिन बालक भए अत्यन्त उल्लासी ॥
॥१४॥
उनको पैलो कविता सन्ध्या छापियो सुन्दर ।
बालकै थिए उमेर पन्ध्र नापियो रहर ॥
॥१५॥
एक्काईस् साल संग्रह निस्क्यो कोपिला छापियो ।
बालक छँदै साहित्य विधा क्षमता नापियो ॥
॥१६॥
पढाइ रुग्ण स्कूलको शिक्षा छोडेर निस्किए ।
गणित साह्रै कम्जोर थियो आठमा ठिरिए ॥
॥१७॥
कविता यात्रा बनेर पासो जेलमा थुनियो ।
सर्वस्व साथ अठार वर्ष चिसोमा जाकियो ॥
॥१८॥
जुध्दको साथ महर्षि बनी माफी भो जेलको ।
साल त्यो दुई हजार दुई छुटेको साल भो ॥
॥१९॥
जेलमै हुँदा उनको बुवा त्यो बिष्णु चरण ।
गरे नै आफ्नो जीवन यहाँ मृत्युको वरण॥
॥२०॥
क्रूरता कस्तो हेर न साथी गरेन स्वीकार ।
बुवाको दाह गर्नको लागि माग भो संस्कार ॥
॥२१॥
उनका बुवा बिष्णुले पनि सुमति उपन्यास्।
छोडेर गए यो देश लाई सुकिर्ति सुवास ॥
॥२२॥
उनले सिर्जे चारोटा खण्ड काब्यको रचना ।
दिएर गए नेपाल आमा लाई त्यो सम्झना ॥
॥२३॥
उनको ज्ञान कस्तो पो रहे पत्रिका सम्पादक् ।
साथमा रहे कति त उनी पत्रिका सस्थापक् ॥
॥२४॥
साहस हेर मरेको छैन बुलन्द त्यो आज ।
कविता लेखे उनले ‘ बाँचिरहेको आवाज’ ॥
॥२५॥
जिन्दगी कस्तो साहित्य कार अक्षर खेतीमा ।
दुःखले साह्रै पिरलो यहाँ ‘भूकम्प त्यो तक्मा ‘॥
॥२६॥
पाउन लाई त पाए हेर अनेक पुरस्कार् ।
थापेर उनी लजाए किन ? ‘त्रिभुवन् पुरस्कार’ ॥
॥२७॥
राणाको यहाँ अन्त्य भो हेर जहान शासन ।
साहित्य विधा अगाडि बढ्यो झल्मल उद्यान ॥
॥२८॥
उनले पाए ‘रत्न श्री ‘यहाँ सुवर्ण पदक ।
पृथवी प्रज्ञा पुरस्कार पाए ‘गोदवा’ साधक ॥
॥२९॥
‘त्रिशक्ति पट्ट’ ‘श्री राम पट्ट’ ‘वेदनिधि’ सब ।
उनको भाग्य यस्तै हो राजन् छैनन् ती हे अब ॥
॥३०॥
‘उर्वशी’, ‘आँसु’, ‘मंगल मान’ रचेको कल्पना ।
कहालि लाग्दो ‘ ज्यान्मारा शैल’ उनको सिर्जना ॥
॥३१॥
छापेर ल्याए उनले यहाँ कोपिला संग्रह ।
देखाए हेर उनले ‘मेरो प्रतिबिम्ब’ थाह ॥
॥३२॥
भावना कस्तो जगाए यहाँ ‘कुहिरो र घाम’ ।
चाहना धेरै बताए राज गहिरो अधम ॥
॥३३॥
मनमा चम्क्यो ‘तिर् मिर तारा’ गगन गर्जे त्यैं ।
भएन सह्य राणाको दमन् ब्यथा झन् बल्झे झैँ ॥
॥३४॥
सदस्य बने प्रज्ञाका उनी साहित्य जगात ।
राज्यले दिए यिनै हुन् सब साहित्य सौगात ॥
॥३५॥
युगको बोली, जन्ताको माग गरेर बुलन्द ।
उपाधि दिए युग क, विको गरेर प्रबन्ध ॥
॥३६॥
उनको मृत्यु बाईस जेठ उनान्चास् सालमा ।
दिएन सुख राणाले बाँच्न साहित्य कालमा ॥
॥३७॥
दुई यी शब्द अर्पण गरे खुलाई अञ्जली ।
मर्दैन यहाँ साहित्य भाव पूर्ण श्रध्दाञ्जली॥
॥३८॥

प्रकाशित मिति: May 23, 2021

प्रतिक्रिया दिनुहोस्