Logo
१५ बैशाख २०८१, शनिबार
(May 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजदेखि चार्टर्ड तथा उद्धार उडानबाहेक अन्तर्राष्ट्रिय उडान बन्द

कोरोना सङ्क्रमणका कारण चार्टर्ड तथा उद्धार उडानबाहेक अन्तर्राष्ट्रिय उडान बन्द भएका छन् । बिहीबार मध्यरातदेखि चार्टर्ड तथा उद्धार उडानबाहेक नेपालबाट हुने अन्य अन्तर्राष्ट्रिय उडानहरू बन्द गरिएको हो ।

कोरोना महामारी नियन्त्रणका लागि सरकारले वैशाख मसान्तसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान स्थगित गर्ने निर्णय गरेको थियो ।

नेपाल र भारतबिच ‘एयर बबल’ सम्झौता अनुरूप दुई देशबिच सातामा दुई उडान कायम राख्ने गरी सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

अघिल्लो वर्ष कोरोनाको पहिलो लहर नेपालमा फैलिएपछि संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ देखि देशभर लकडाउन गरेको थियो ।

चैत १० देखि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान स्थगन गरिएको थियो । महामारी घटेपछि गत भदौ १६ गतेबाट अन्तर्राष्ट्रिय तथा असोज ५ गतेदेखि आन्तरिक उडान सञ्चालनमा ल्याइएको थियो ।

प्रकाशित मिति: May 7, 2021

प्रतिक्रिया दिनुहोस्