Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाहापाउनुहोस् : एक केजीको १ लाख भारु मूल्य पर्ने यो तरकारी !

भारतको बिहार राज्यको औरंगाबादका एक जना किसानले एउटा यस्तो तरकारी खेती शुरु गरेका छन् जसको मूल्य अन्तरराष्टिय बजारमा एक लाख भारु प्रतिकिलो रहेको छ ।

यो तरकारको नाममा हो होप सुट्स । यो खानाले स्वास्थ्यका लागि एकदमै लाभदायक हुन्छ । जर्मनीमा यो खेतीको पहिलोपटक शुरुआत भएको भन्दै इन्डियन एक्सप्रेसले आफ्नो अनलाइन संस्करणमा समाचार छापेको छ ।

भारतका एक जना आईएस अफिसरले बिहीवार सवैभन्दा मंहगो र अनौठो उक्त तरकारीको तस्वीर सामाजिक सञ्जालमा ट्वीटरमा तस्वीर शेयर गरेपछि यसको यतिखेर सर्वत्र चर्चा परिचर्चा भइरहेको छ ।

उनले यसको साथै होप सुट्सको पहिलो पटक भारतमा खेती गर्ने प्रमाणपत्र तह उत्तिर्ण ३८ वर्षिय किसान अमरेश सिंहको तस्वीरसमेत शेयर गरेकि छन् ।

यतिखेर उक्त तस्वीर सामाजिक सञ्जालहरुमा भाइरल भइरहेको छ । रिपोर्टर्स नेपाल

प्रकाशित मिति: May 3, 2021

प्रतिक्रिया दिनुहोस्