Logo
२१ बैशाख २०८१, शुक्रबार
(April 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओलीविरुद्ध आउने अविश्वास प्रस्तावलाई समर्थन गर्ने जसपाको निर्णय

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आउने अविश्वास प्रस्तावको पक्षमा उभिने जसपाको कार्यकारिणी समितिको बहुमत सदस्यहरुले निर्णय गरेको छ ।

वैशाख १४ मा बसेको बैठकले नै लुम्बिनी प्रदेशका चार प्रदेशसभा सदस्यलाई कारबाही गर्नुका साथै अविश्वासको प्रस्तावको पक्षमा उभिने निर्णय गरेको हो ।

त्यो दिन विहान पदाधिकारी बैठक बसेको थियो, जहाँ संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवले लुम्बिनी सरकारमा गएका चार प्रदेशसभा सदस्यलाई कारबाही र केन्द्रमा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्तावबारे छलफल गर्न कार्यकारिणी समिति बैठक बोलाउन प्रस्ताव गरेका थिए ।

तर अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो बैठक बोलाउन नै तयार भएनन् ।त्यही दिन कार्यकारिणी समितिका बहुमत सदस्यहरुको बैठक बसेको बाबुराम-उपेन्द्र पक्षले बताएको छ ।

बैठकले लुम्बिनी सरकारमा गएका चार प्रदेशसभा सदस्यलाई कारबाही गर्ने र प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्तावको पक्षमा उभिने निर्णय गरेको थियो

प्रकाशित मिति: Apr 30, 2021

प्रतिक्रिया दिनुहोस्