Logo
१३ बैशाख २०८१, बिहीबार
(April 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नायिका केकी अधिकारीलाई कोरोना संक्रमण

नेपाली चलचित्रकी नायिका केकी अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

पहिलो पटक टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएपछि केकीले विश्वास नलागेर दोश्रो पटक पनि टेष्ट गरेकी थिइन् । तर, दोश्रो पटक पनि कोरोना पोजेटिभको रिपोर्ट आएपछि केकी होम क्वारेन्टाइनमा छिन् ।

यसअघि पनि चलचित्रको छायांकन सुरु गर्ने तयारी भैरहँदा निर्देशक दीपक श्रेष्ठलाई कोरोना पोजेटिभ देखिएको थियो ।

सोमबारदेखि छायांकनमा जाने तयारीमा रहेको चलचित्र ‘घिन्ताङ’को सेड्यूल प्रभावित भएको छ ।

चलचित्रकी नायिका केकी अधिकारीको कोरोना रिपोर्ट पोजिटिभ आएपछि छायांकन प्रभावित भएको हो ।

दिपक श्रेष्ठको निर्देशनमा तयार हुन लागेको चलचित्रको छायांकन सोमबारदेखि सुरु गर्ने निर्माणपक्षको योजना थियो । तर, केकीमा कोरोना संक्रमण देखिएसँगै छायांकन केही दिन पछि सारिएको हो ।

चलचित्रको छायांकन पनौतीबाट सुरु गर्ने तयारीमा यसको निर्माण पक्ष थियो । यसका लागि चलचित्रको केही यूनिट पनौती पनि पुगिसकेको वुझिएको छ । के

कीको रिपोर्ट नेगेटिभ आएसँगै छायांकन सुरु हुने निर्माणपक्षले बताएको छ ।

प्रकाशित मिति: Apr 20, 2021

प्रतिक्रिया दिनुहोस्