Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 11, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कब्जियत हुनेले यी कुरा भुलेर पनि नखानुहोस् !

अहिलेको बर्तमान समयमा धरैरै मानिसलाई कब्जियतको समस्या हुने गर्छ । हामीलाई यदि कब्जियत समस्या भयो भने यसले जटिल प्रकारको रोगलाई निम्त्याउने गर्छ ।

कब्जियतको समस्या एकपटक सुरु भयो भने यो सजिल्यै निको हुँदैन । कब्जियतको समस्याबाट हैरान भएकाहरु औषधिको साहारा लिने गर्छन् । तर, कब्जियतको समस्यामा औषधिको सेवन गर्नु राम्रो मानिँदैन ।

यसले कब्जियतको समस्यामा झनै गडबढी ल्याउँछ । समस्यामा सही खानपान र व्यायाम जस्ता बानीले यसको समस्या पनि कम हुन्छ ।
तर, कब्जियतको समस्या भएकाहरुले केही यस्ता खानेकुरा खानुहुँदैन जसले कब्जियतको समस्या झनै बढाउँछ ।

दूधका परिकार
यदि हरेक दूधबाट बनेका परिकार खाने गरिन्छ भने यस्ता परिकारबाट पनि कब्जियतको समस्या आउँछ ।

काँचो केरा
कब्जियतको समस्या हुनेहरुले काँचो केराको सेवन गर्नुहुँदैन । काँचो केराले झनै कब्जियत बढाउँछ । भने, पाकेको केराले कब्जियत कम गराउँछ ।

रातो मासु
रातो मासुको सेवनले पनि कब्जियत बढाउँछ । यसमा फाइबरको मात्रा कम हुन्छ ।

तारेको, भुटेको खानेकुरा

तेलमा तारेको वा भुटेको खानेकुरा खाँदा कब्जियतको समस्या धेरै हुन्छ । यस्ता खानेकुरामा फाइबरको मात्रा कम हुने भएकाले कब्जियत झन् बढ्छ । चिप्स, कुकिज, चकलेट र आइसक्रिम जस्ता खानेकुराको कारण कब्जियत झन् बढ्छ ।

 

प्रकाशित मिति: Apr 11, 2021

प्रतिक्रिया दिनुहोस्