Logo
१९ बैशाख २०८१, बुधबार
(April 11, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिरहामा गोली हानी सुनचाँदी व्यवसायीको हत्या, श्रीमती घाइते

प्रदेश नं २ स्थित सिरहाको लाहान नगरपालिका-२२ गड्डा चोकमा गए राति लुटेरा समूहले गोली प्रहार गरी एक जनाको हत्या गरेका छन् ।

सुनचाँदी पसल गरि बस्ने ३८ वर्षीय प्रदिप कुमार विश्वकर्माको घरमा प्रवेश गरि लुटेराहरुले उनको हत्या गरेको प्रहरीले जनाएको छ ।सो क्रममा मृतक प्रदीपकी श्रीमती अमृता विश्वकर्मा घाइते भएको र उनको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मध्यराति आएको समूहले विश्वकर्मा दम्पती सुतिरहेको घरको ढोका फुटाएर सामान लुटपाट गर्न खोज्दा प्रतिकार गर्दा सो समूहले विश्वकर्माको गोली हानी हत्या गरेको इलाका प्रहरी कार्यालय लहानले जानकारी दिएको छ ।

प्रहरी टोलीले घटना गरेर भाग्दै गरेको अवस्थामा लहान नगरपालिका-७ निवासी रामकृष्ण चौधरी र सुरेशकुमार सहनीलाई पक्राउ गरेको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

प्रकाशित मिति: Apr 11, 2021

प्रतिक्रिया दिनुहोस्