Logo
१३ बैशाख २०८१, बिहीबार
(April 5, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रियंका कार्कीले सार्वजनिक गरिन् ‘बेबी बम्प’ को तस्बिर !

नेपाली सिने जगतकी नायिका प्रियंका कार्की आमा बन्दै छिन् । यो कुरा उनले केही दिन पहिले सामाजिक सञ्जालमा तस्बिर पोष्ट गर्दै जानकारी गराएकी थिइन् ।

होलीको बेलामा उनले सामाजिक सञ्जालमा पोष्ट गरेका तस्विरहरुबाट धेरैको कौतुहल्ता जागेको थियो प्रियंका आमा बन्दै रहेछिन् क्याहो भनेर ! उनका तस्विरमा धेरैले प्रश्न पनि गरेका थिए यसबारे यसको जवाफमा उनले आफु आमा बन्न लागेको तस्विर सियर गरेर जानकारी दिएकी थिइन् ।

उनले हिजो पनि सामाजिक सञ्जालमा ‘बेबी बम्पु’ देखाउँदै तस्बिर सार्वजनिक गरेकी छन् ।फोटोसँगै उनले पेटको बच्चालाई सम्बोधन गर्दै लेखेकी छन्, ‘मलाई आसा छ तिमि सानो भए पनि कति धेरै मायाले घेरिएका छौं भन्ने थाहा होला ।’

प्रियकाले सेयर गरेको श्यामश्वेत तस्बिरमा निकै खुशी देखिएकी छन् ।अहिले प्रियंका र आयुष्मानलाई शुभचिन्तकहरुले बधाइ दिइरहेका छन् । र उनीहरुलाई बधाइ दिनेको ओइरो लागेको छ ।

प्रियंका र आयुष्मानले लामो प्रेमसम्बन्धपछि गत वर्षको फागुनमा लगनगाँठो कसेका थिए । विवाहपश्चात उनीहरू भैँसेपाटीस्थित नयाँ घरमा बस्दै आएका छन् ।

प्रकाशित मिति: Apr 5, 2021

प्रतिक्रिया दिनुहोस्