Logo
४ जेष्ठ २०८१, शुक्रबार
(April 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जोर्डनका पुर्व राजकुमार हमजा बिन हुसैन नजरबन्दमा

सार्वजनिक अभिब्यक्ति दिएको आरोपमा जोर्डनका पुर्व राजकुमार हमजा बिन हुसैन नजरबन्दमा परेका छन् ।

जोर्डनमा जारी भ्रष्टाचार र सरकारी असक्षमता एवं उत्पीडनको बारेमा सार्वजनिक अभिब्यक्ति दिएको आरोपमा पुर्व राजकुमार हमजालाई नजरबन्दको सजाय सुनाईएको हो ।

जोर्डनको सैन्य बलका चीफ अफ स्टाफ आफनो घरमा आई घरबाट बाहिर ननिस्कन, कोही ब्यक्तिहरुसंग भेटघाट गर्न नपाईने गरी रोक लगाउँदै नजरबन्दमा पारिएको उनको भनाई छ ।

देशमा अराजक स्थिति निम्तेको आफुलाई भान परेतापनि यसबारेमा आफुले कतै अभिब्यक्ति नदिएको दावी गर्दै हमजाले आफुमाथि अन्याय भएको प्रतिक्रिया दिएका छन ।

यसअघि यही आरोपमा देशका उच्च तहका राजनैतिक दलका नेताहरु पक्राउ परिसकेका छन् ।यसअघि कोरोना भाइरसको महामारीसंगै जोर्डनमा शक्तिशाली खुफिया एजेन्सी सक्रिय भएको भन्दै मानवअधिकार संगठनले बिरोध गर्दै आएको थियो ।

राजकुमार किगं अबदुल्लाहका सौतेनी दाई हमजालाई सन् १९९९ मा जोर्डनको राजकुमारको उपाधी दिइएकोमा किगं अबदुल्लाहले सन् २००४ मा उनको उपाधि खोसेका थिए ।

प्रकाशित मिति: Apr 4, 2021

प्रतिक्रिया दिनुहोस्