Logo
४ जेष्ठ २०८१, शुक्रबार
(April 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अहिलेसम्म म्यानमारमा जारी हिंसामा ४३ बालबालिकाको मृत्यु

गत फेब्रुअरीमा सेनाले सत्ता हातमा लिएपछि म्यानमारमा जारी हिंसामा परेर ४३ जना बालबालिकाको मृत्यु भएको छ ।

म्यान्मारमा सैन्य कूयता मारिएका पाँच सयभन्दा बढी व्यक्तिमध्ये ९० प्रतिशतले गोली प्रहारबाट ज्यान गुमाएका छन्। तीमध्ये धेरैको टाउकोमा गोली हानिएको र निशानेबाजहरू दिनदहाडै परिचालन गरिएको छ ।

सेनाले सत्ता हातमा लिएपछि भइरहेका प्रदर्शनका क्रममा पाँच सयभन्दा बढी व्यक्तिमध्ये ४३ बालबालिका मारिएको सेभ द चिल्डे«नलाई उध्रित गर्दै बीबीसीले जनाएको छ ।

सुरक्षाकर्मीले अत्याधिक बल प्रयोग गर्दा सेनाको विरोधमा भइरहेका प्रदर्शनमा सहभागी आन्दोलनकारीमध्ये कयौंको मृत्यु भइसकेको छ ।

सुरक्षाकर्मीको दमनका कारण घाइते हुनेहरुको संख्या पनि बढिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दावी गरेका छन् । तर स्थानीयहरुले भने मृत्यु हुने बालबालिकाको संख्या ५३६ रहेको दावी गरेका छन् ।

यसैबीच सैनिक सरकारले म्यानमारकी नेतृ आङ साङ सूची र उनका चार जना सहयोगीलाई विभिन्न मुद्दा लगाएको छ ।

उक्त मुद्दामा १४ वर्षसम्मको जेल सजाय हुने म्यानमारका अधिकारीहरुले जनाएका छन् । सूचीमाथि गत वर्षको निर्वाचनमा धाँधली गरेको र गैरकानुनीरुपमा सञ्चार सेटहरु राखेको लगायतका आरोप लगाइएको छ ।

जारी हिंसा कम नभएको भन्दै म्यानमारको सैनिक नेतृत्वको सर्वत्र आलोचना भइरहेको छ । म्यानमारका लागि संयुक्त राष्ट्रसंघका राजदूतले प्रजातन्त्रको पक्षमा भएको आन्दोलनमा भएको दमन निन्दनीय भएको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति: Apr 2, 2021

प्रतिक्रिया दिनुहोस्