Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टिकटकबाट चिनेकी युवतीलाई होटलमा बोलाई करणीपछि लुटपाट गरी पुरुष फरारभएपछि…!

टिकटकबाट चिनेकी युवतीलाई होटलमा बोलाइ करणीपछि लुटपाट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ ।

युवतीमाथि कर णी पछि लुटपाट गरेको आरोपमा सुनसरी प्रहरीले कास्कीका १ पुरुषलाई पक्राउ गरेको जनाएको छ । पीडित युवतीको उजुरीका आ धारमा इलाका प्रहरी कार्यालय इटहरीको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कास्कीको कास्कीकोट गाउँपालिका-४ का ३९ वर्षीय राजीव गुरुङ छन् ।प्रहरीका अनुसार राजीवले टिकटक मार्फत चिनजान भएकी युव तीलाई भेट्न भनेर इटहरीस्थित होटलमा बोलाएका थिए ।

होटेलमा २ दिनसम्म युवतीमाथि करणी गरेर राजीव पीडित युवतीकै गरगहना र पैसा लिएर फरार भएका प्रहरीको भनाइ छ । कास्कीबाट गत माघ २५ गते इटहरी आएका गुरुङ इटहरी उप महानगरपालिका- ९ स्थित आरआर होटलमा २ दिन बसेका थिए ।

होटलमा भेट्न बोलाएकी युवती बाथरुम गएको बेला गुरुङ माघ २७ गते सुनको झुम्का, ब्रास्लेट, सिक्री, नगद २७ हजार पाँचसय, सांग्रिला विकास बैंकको एटीएम र मोबाइल फोन लिएर भागेको भन्दै प्रहरी कार्यालयमा जाहेरी परेको थियो ।

इटहरीकी युवतीमाथि यो घटना घटाएर फरार भएका गुरुङलाई झापाकी महिला भेट्न जाँदै गर्दा इटहरीबाटै पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

इटहरीकी युवतीलाई ठगी गरेर गुरुङ सामाजिक सञ्जाल मार्फत नै चिनजान भएकी झापाकी महिलालाई भेट्न आउँदै गर्दा इटहरीबाट पक्राउ परेका हुन् ।shetionline

प्रकाशित मिति: Mar 29, 2021

प्रतिक्रिया दिनुहोस्