Logo
२१ बैशाख २०८१, शुक्रबार
(March 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

म्यानमारमा सेनाको आक्रमणपछि ३ हजार नागरिक भागेर पुगे थाइल्याण्ड

म्यानमारका तीन हजार नागरिक शरण खोज्दै थाइल्याण्ड पुगेका छन् ।

आइतबार म्यानमारको दक्षिणपूर्वी राज्य करेनमा सेनाले हवाई आक्रमण गरेपछि त्यहाँका तीन हजार नागरिक शरण खोज्दै थाइल्याण्ड पुगेका हुन् ।

म्यानमारको सेनाले धार्मिक सशस्त्र समूहको नियन्त्रणमा रहेको उक्त क्षेत्रमा आक्रमण गरेपछि त्यहाँका मानिसहरू शरण खोज्दै थाइल्याण्ड पुगेका बताइएको छ ।

तरल थाइल्याण्ड सरकारले भने त्यसबारे केही बोलेको छैन ।म्यानमारको सेनाले मृत्यु भएकाहरूको अन्त्येष्टिमा गएका नागरीकहरूमाथि पनि गोली चलाएको थियो ।

म्यानमारमा सैनिकको दमनविरुद्ध निरन्तर आन्दोलन र प्रदर्शनहरू भइरहेका छन् ।आइतबार सुरक्षाकर्मीबाट थप १३ जना प्रदर्शनकारीको मृत्यु भएको छ ।

शनिबार म्यानमारमा एकैदिन आन्दोलनको क्रममा ११४ जनाको मृत्यु भएको छ । सेनाले गरेको बरबर दमनविरुद्ध पश्चिमा मुलुकहरुले निन्दा गरेको छ ।

एएपीपीका अनुसार म्यानमारमा अहिलेसम्म सेनाविरुद्धको आन्दोलनमा ४५९ जनाको मृत्यु भइसकेको छ भने २५ सयभन्दा धेरै मानिसहरु पक्राउ परेका छन् ।

 

प्रकाशित मिति: Mar 29, 2021

प्रतिक्रिया दिनुहोस्