Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 25, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुत्ने बेला सिरानी मुनी तुलसीको ५ पात राख्दा हुन्छन् यी चमत्कार !

हामी सबैलाई थाहा भएको विरुवा हो तुलसी यो एकदमै बहुउपयोगी गुणले भरिएको विरुवा हो । तुलसीलाई जति औषधीय गुणका लागि महत्वपूर्ण मानिन्छ त्यतिनै हिन्दु धर्म अनुसार धार्मीकरुपमा पनि निकै पवित्र मान्ने गरिन्छ ।

त्यसैले हिन्दुहरुको कोही मानिसको मृत्यु हुन लागेको छ भने तुलसीको मोठ नेर लैजाने वा तुलसीको पानी खुवाउने अझै प्रचलन रहेको छ ।
हिन्दु धर्ममा तुलसी बिना धर्म संस्कार पनि पुरा हुँदैन । विज्ञानले समेत तुलसीको फाइदाका बारेमा धेरै कुराहरु पुष्टि गरिसकेको छ ।

तुलसी धेरै रोगको औषधीका रुपमा पनि प्रयोग गरिन्छ । तुलसीले चिसो, रुघा खोकी र सास सम्बन्धि रागे लगायतमा औषधीका रुपमा प्रयोग गरिन्छ ।

कोरोनाको समयमा अहिले नेपालीको धेरै जसो भान्छामा तुलसीको पात प्रयोग हुने गरेको छ । औषधीको गुणले भरपूर्ण तुलसीको पात राखेर पकाएको पानी खाँदा पनि रुघा खोकी लगायत समस्या समाधान हुन्छ ।

शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महाऔषधि मानिन्छ। यी बाहेक अन्य पनि धेरै छन् तुलसीका फाइदाहरु रहेका छन् । राति  स त्ने समयमा सिरानी मुनि तुलसीको पाँच पात राखेमा तपाइँको जीवनमा धेरै परिर्वतन आउन सक्ने धर्मशास्त्रीहरु बताउँछन् ।

रातको समय सिरानी मुनि राखेका तुलसीका पाँच पातले दिनभरको तनावलाई हटाउनेछ । यसको साथै दिमागले पनि शान्त भएर काम गर्ने विश्वास गरिन्छ ।

यस्तो गर्दा तपाइँभित्र भएको नकरात्मक शक्ति हटाउँनेछ र व्यापारमा पनि धेरै बढोत्तरीव हुने विश्वास गरिन्छ ।तुलसीको पातले छाला सम्बन्धि समस्या पनि कम गर्छ ।

अनुहारमा भएको खिल निकालेर धेरै चमक दिन्छ । तुलसीको फुल र पातले महिलालाई हुने महिनावारी गडबडीको समस्या पनि हटाउँछ । एजेन्सी

प्रकाशित मिति: Mar 25, 2021

प्रतिक्रिया दिनुहोस्