डिहाइड्रेसन, पेटको दुखाइ र एसिडिटी रोक्न गर्मीमा के गर्ने ? थाहापाउनुहोस् !
सामान्य तया गर्मी समयमा मानिसको शरीरमा धेरै समस्या सृजना हुने गर्छ । गर्मीमा हामीले आफ्नो स्वास्थ्यको एकदमै ख्याल राख्नु पर्ने देखिन्छ ।
गर्मी समयमा धेरै जसो हामीलाई पेटसम्बन्धी समस्याले सताउने गर्छ । गर्मीमा हार्मीलाई डिहाइड्रेसन, ग्यास्ट्रिकको समस्या, पेट दुखाइ, पेटमा हुने जलन वा एसिडिटी बढ्ने गर्छ ।
तापक्रम बढ्दै जाँदा हाम्रो शरीरले फरक प्रतिक्रिया गर्छ । त्यसैले हामीले गर्मीका दिनहरूमा के खानुहुन्छ के खानु हुँदैन भन्ने कुरालाई अनिवार्य जान्न जरुरत रहेको छ ।
हार्मीले गर्मीमा खान नहुने कुरालाई त्याग्न जरुरी रहेको हुन्छ राम्रो स्वास्थ्य बनाउनको लागि । तपाईंलाई चिसो पेय पदार्थ, चिसो चीजहरू, दूग्ध उत्पादहरू, तेल मिश्रित खाना, रातो मासु, दूध चिया वा कफी आदिमा कमी ल्याउनुपर्छ ।
यसबाहेक विभिन्न दुग्ध उत्पादनहरू पनि यो मौसममा कम गर्नु उपयुक्त हुन्छ । यस्ता दुग्ध उत्पादनलाई उचित हिसाबले उपभोग नगर्दा तपाईंको पेटमा कठिनाइ बढ्न सक्छ ।
तपाई गर्मीमा दही खान सक्नुहुन्छ, तर दूध, चीज, क्रिम वा बटरमा फ्याटको उच्च मात्रा हुन्छ । यो बोसो पचाउन गाह्रो छ, जसले गर्दा गर्मीमा ग्यास्ट्रिकको समस्या निम्तिन सक्छ।
यसको साटो तपाईंले त्यस्ता चीजहरू खानुपर्छ जसले पेटलाई चिसो बनाउँछ। जस्तै, ताजा फलफूल, काँक्रो, नरम पानी आदि गर्मीमा धेरै खानुपर्छ । गर्मीका दिनहरूमा तपाईंले तरल आहारलाई बढाउनुपर्छ।
गर्मीमा खान कम गर्नुपर्ने खानाहरू –
दूध चिया एवं कफी
दूधचिया मीठो लाग्ने पनि धेरै जना हुन सक्छन् । तर गर्मीमा पेटको स्वास्थ्यको लागि दूधको चियालाई कम गर्नु उपयुक्त हुन्छ । दूध चिया गर्मीमा पिउँदा शरीरमा पानीको कमी हुन्छ । यसबाहेक चिया गर्मीका दिनहरूमा पेटको दुखाइ र एसिडिटीको पनि कारण हुन सक्छ । दूध चिया वा कफीको सट्टा, तपाईं हरियो चिया, कालो चिया, पुदिना चिया आदि पिउन सक्नुहुन्छ।
चिल्लोयुक्त जंक फुड
यदि तपाईंलाई चिल्लोयुक्त जंक फूड खान मनपर्छ भने पनि यो मौसम त्यसको लागि उपयुक्त हुँदैन । गर्मीमा तेलका कारण पेट पोल्ने समस्या हुन सक्छ । गर्मीका दिनहरूमा त्यस्तो खाना खाँदा एसिडिटी एवं छालामा समस्या समेत हुने गर्छ ।
रातो मासु
रातो मासुमा प्रोटिन र फलामको मात्रा अधिक हुन्छ । ग्रीष्मयाममा दिन यसलाई पचाउन गाह्रो हुन्छ। रातो मासु खाँदा शरीरको तापक्रम पनि बढ्छ, जुन गर्मीमा राम्रो हुँदैन । गर्मीमा रातो मासु खाँदा शरीरको धेरै ऊर्जा त्यसैलाई पचाउन जाने भएकोले यसबाट सकेसम्म टाढै बस्नुपर्छ ।
कोल्ड ड्रिंक
सबैलाई गर्मीमा चिसो चिसो पेय पदार्थ मनपर्छ । गर्मी भगाउनको लागि धेरैले चिसो पेय पदार्थ पिउने गर्छन् । चिसो पेयबाट क्यालोरीको मात्रा बढ्दै जान्छ, साथसाथै यसले शरीरलाई डिहाइड्रेट गर्न पनि सहयोग गर्छ । त्यति भन्दैमा यसलाई धेरै पिउँदा यसले असर गर्न सक्छ । त्यसैले बरू चिसो पेय पदार्थको ठाउँमा जुस र नरिवलको पानी जस्ता प्राकृतिक पेय पदार्थतिर धेरै ध्यान दिनु उपयुक्त हुन्छ ।
धेरै मसालायुक्त तरकारी
नेपाली परिकारमा धेरै मसलायुक्त खानेकुरा पाइन्छ । तर गर्मी मौसमका लागि यो उपयुक्त खाना भने होइन । यो मौसममा तरकारीमा धेरै मसला, तेल, घिउ राख्नुभन्दा हल्का खुर्सानी, थोरै मसला र थोरै भुटेको तरकारी खानु उपयुक्त हुन्छ ।
गर्मीका दिनहरूमा यी खाद्य पदार्थहरूलाई बेवास्ता गर्दा पेटको समस्या निम्तिन सक्छ । यदि तपाई कुनै रोगबाट पीडित हुनुहुन्छ भने डाक्टरसँग सल्लाह लिएर आहारसम्बन्धी निर्णय लिन सकिन्छ ।एजेन्सी