Logo
१२ बैशाख २०८१, बुधबार
(March 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कपाल मुन्डन गरेर केकी अधिकारी भन्छिन्-‘अब बोल्ड भूमिका निर्भाह गर्न सक्छु’

नेपाली सिनेजगतकी अभिनेत्री केकी अधिकारी पछिल्लो समयमा फरक लुक्समा देखिएकी छन् । केकीले अहिले आफ्नो कपाल मुन्डन गरेकी छन् ।

उनले आइताबार इन्स्टाग्रामको स्टोरीमा अपलोड गरेको केही भिडियोमा उनको कपाल मुन्डन गरिएको देख्न सकिन्छ । कपाल मुन्डनको केही भिडियो उनले सार्वजनिक गरेकी हुन् ।

उनको भिडियो देखिएको कपाल मुन्डन लुक्स अहिलेसम्मकै भिन्न लुक्स हो । आफ्नो यो लुक्स किन र केका लागि भने उनले केही बताएकी छैनन् ।

पहिलो भिडियोमा उनले लेखेकी छिन्, ‘चेञ्ज इज ब्यूटिफूल,बाल्ड इज ब्यूटिफूल ।’ अर्को ए भिडियोमा उनले युवतीहरू कपाल मुन्डन पछि झन् बोल्ड देखिने आशय राखेकी छन् ।

अभिनेत्री केकी अहिले फिल्म ‘बोक्सीको घर’ अभिनयरत छिन् । नाटक ‘बोक्सीको घर’मा आधारित रहेर फिल्म निर्माण हुन लागेको हो । नाटक भने मण्डला थिएटरमा केही वर्ष अगाडि मञ्चन भएको थियो ।

यसैबीच एक अनलाइन न्यूज पोर्टलसँग कुराकानी गर्दै आफूले धेरै नै माया गरेर पालेको कपाल काट्दा रुनु परेको बताएकी छन् ।

केकीले उक्त न्यूज पोर्टलसँग भनेकी छन् –‘आफूले कहिले नकाटेको र धेरै माया गरेको कपाल काट्दा त म रोएकी थिएँ । तर, विस्तारै आफूले नै असहज महुशश गर्दा अरुले झनै असहज महशुश गर्ने अवस्था आउँछ भनेर आफैलाई सम्हालेँ ।’

केकीले नयाँ चलचित्रको नाम भने अहिले खुलाउन नमिल्ने बताइन् । भनिन्–‘चलचित्रको अफर आएपछि मैले सुरुमा आफूलाई तयार गरेको थिएँ । यस्तो बोल्ड भूमिका गर्न सक्छु भन्ने लागेपछि नै मैले काम गर्ने निर्णय गरेकी हुँ । यो महिला केन्द्रित चलचित्र हो ।’

वैशाखबाट छायांकनमा जाने चलचित्रका लागि केकीले एक महिना अगाडि नै कपाल पालेकी छिन् । कपाल काटेपछि मानिसहरुबाट कस्तो प्रतिक्रिया आउँछ भन्ने आफूलाई वुझ्न मन लागेकाले तस्वीर सार्वजनिक गरेको केकीले बताएकी छन् ।

 

प्रकाशित मिति: Mar 15, 2021

प्रतिक्रिया दिनुहोस्