Logo
३१ बैशाख २०८१, सोमबार
(March 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

११ महिने शिशुको त्रिवि शिक्षण अस्पतालमा सफल कलेजो प्रत्यारोपण

पहिलो पटक नेपालमा १ बर्षभन्दा कम उमेरको बच्चामा सफल कलेजो प्रत्यारोपण सफल भएको छ ।

काठमाडौंको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा ११ महिनाको बच्चामा सफल कलेजो प्रत्यारोपण गरिएको हो ।ती बच्चाको कलेजो

प्रत्यारोपण गर्नको लागि ३५ वर्षीया बाबुले आफ्नो ११ महिनाको बच्चा लाई कलेजा दान गरेका हुन् । काभ्रेका जन्मेदेखि नै कलेजोको समस्या रहेका ती बच्चामा सफल कलेजो प्रत्यारोपण भएको त्रिवि शिक्षण अस्पतालबाट जानकारी प्राप्त भएको छ ।

अहिले बाबु र छोरा दुवैको स्वास्थ्य सामान्य रहेको बताइएको छ । यसअघि त्रिवि शिक्षण अस्पतालमा २०७६ जेठमा पहिलो पटक कलेजो प्रत्यारोपण गरिएको थियो । त्यसयता पाँच बिरामीको कलेजो प्रत्यारोपण भइसकेको छ ।

कोरोना सङ्क्रमणको जोखिमका कारण रोकिएको कलेजो प्रत्यारोपण सेवा पुनः सुरु भएको हो।

प्रकाशित मिति: Mar 14, 2021

प्रतिक्रिया दिनुहोस्