Logo
२ भाद्र २०८२, सोमबार
(March 11, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जान्नुहोस् : टुसा उमारिएको मेथी खानुका यी १० फाइदा !

सामान्यतया मेथी तरकारीमा प्रयोग गर्ने मसलाको रुपामा लिइन्छ । यसलाई आयुर्वेदमा पनि गुणकारी खानेकुरामा मानिन्छ ।

यसको दाना र साग धेरै प्रयोगमा आउने गर्छ । मेथीलाई मानिसहरुले स्वादको लागि तरकारीमा प्रयोग गर्ने गछर्न् । अहिले यसलाई कपाल झर्ने समस्या साथै मोटोपन घटाउनको लागि पनि मानिसहरुले मेथीको प्रयोग गर्ने गरिन्छ ।

यति मात्र नभइ मानिसले मेथीलाई भिजाएर टुसा उमारेर पनि तरकारी खाने गर्छन् । मेथीको टुसा सेवन गर्दा मधुमेह, मोटोपन, मुटुको रोग, थाइराइड, उच्च रक्तचाप जस्ता समस्यालाई नियन्त्रण गर्छ ।

टुसा उमारिएको मेथीका फाइदा

1.मोटोपन घटाउन
यसमा ग्लालेक्टोम्यानन नामक पोलिसाक्साइड हुन्छ । जसले भोकलाई नियन्त्रण गर्छ । र मेटाबोलिज्म बढाउँछ । बिहान उठ्नेवित्तिकै टुसा उमारेको मेथी खाने र रातिको खाना खानुभन्दा ३० मिनेट अगाडि यसको सेवनले तौल नियन्त्रण हुन्छ ।

2.स्तनपान
स्तनपान गराइरहेकी महिलाको दूधको मात्रा बढाउन अंकुराएको मेथीको सेवन गर्नुपर्छ । यसमा आइरन, क्याल्शियम, फाइबर, प्रोटिन जस्ता तत्वहरु पाइन्छ ।

3.महिनावारी गडबढी
महिनावारी अनियमित हुने समस्यामा उमारेको मेथीले निकै फाइदा गर्छ । महिनावारीको समयमा हुने दुखाई, ऐठन, तनाव आदिलाई नियन्त्रण गर्न मद्दत गर्छ ।

4.मुटु स्वस्थ राख्न
यसले कोलेस्ट्राल मात्रा नियन्त्रण गर्छ । रगतमा ट्राइग्लिसराइड्स नामक फ्याट कम गराउँछ । यसले मुटु रोग मात्र होइन हृदयघातको खतराबाट पनि बचाउँछ ।

5.पेटका लागि फाइदाजनक
यसमा ७५ प्रतिशत फाइबर हुन्छ । जसले गर्दा सजिल्यै पाचन हुन्छ । यसले पेटमा गयास्ट्रोइंटेस्टाइनल प्रणालीलाई पनि सही बनाउँछ । जसले पाचन प्रक्रिया सही तरिकाले काम गर्न थाल्छ । यसले कब्जियत, एसिडिटी जस्ता समस्याबाट बचाइराख्छ ।

6.आमाशय
यसमा स्यापोनिन नामक तत्व हुन्छ । यसले आमाशयलाई सुरक्षा कवचको रुपमा काम गर्छ । यसले हानिकारक ब्याक्टेरियालाई मार्ने र पेट फुल्ने, ग्यास जम्मा हुने जस्ता समस्याबाट राहत दिलाउँछ ।

7.ज्वरो
२ चम्चा टुसा पलाएको मेथीमा मह र कागती मिसाएर खाँदा ज्वरोमा फाइदा पुग्छ । यसले ब्याक्टेरियल इन्फेक्शनबाट पनि बचाउँछ ।

8.रतगको कमि
टुसा पलाएको मेथीमा आइरन हुने भएकाले यसको दैनिक सेवन गर्दा शरीरमा रगतको कमि हुदैन ।

9.क्यान्सरबाट बचाउँछ
हरेक दिन एक कचौरा मेथी खाँदा शरीरमा क्यान्सर प्रतिरोधी गुण बिकास हुन्छ । जसले क्यान्सर लाग्नबाट बचाउँछ ।

10.मधुमेह नियन्त्रण
अंकुराएको मेथीले रगतमा चिनीको मात्रा नियन्त्रण गर्छ । यसमा हुने एमिनो एसिडले मधुमेह लागेका बिरामीहरुको शरीरमा इन्सुलिनको उत्पादन बढाउँछ ।

 

प्रकाशित मिति: Mar 11, 2021

प्रतिक्रिया दिनुहोस्