Logo
१२ बैशाख २०८१, बुधबार
(March 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नायक प्रदीप खड्काको आज जन्मदिन ! कति बर्ष लागे जान्नुहोस् !

नेपाली सिनेचलचित्र जगतमा राम्रो नाम कमाउन सफल अभिनेता मध्ये एक परिचित नाम हो प्रदीप खड्का ।उनी २०७२ सालको विनाशकारी भुकम्पसँगै फिल्मी संसारमा प्रवेश गरेका थिए ।

नायक खड्का सुदर्शन थापा निर्देशित फिल्म ‘प्रेमगीत’ मार्फत दर्शकको मन-मनमा बस्न सफल भएका थिए ।  उनले करियरको सुरुवाती दिनमा केहि कठिनाईको अनुभव गरेपनि पछिल्लो समयमा उनी सफल अभिनेता मानिन्छ । साथै उनी अहिले महंगो नायकको रुपमा परिचय पनि बनाएका छन् ।

आज फाल्गुन २६ गते बुधवार हो र नेपाली सिनेजगतको अब्बल नायक प्रदीप खड्काको आज २९ औं जन्मदिन हो । बुवा टेक बहादुर खड्का र आमा सारदा खड्काको कोखबाट २०४८ साल मार्च १० मा खड्काको जन्म भएको थियो ।

सिक्किम मनिपाल युनिभर्सिटीको सम्बन्धन प्राप्त कलेजबाट मार्केटिङ मास्टर्स गरेका खड्का नेपाली चलचित्र उद्योगमा बौद्विक नायकको रुपमा पनि चिनिन्छन् ।

प्रकाशित मिति: Mar 10, 2021

प्रतिक्रिया दिनुहोस्