Logo
१७ बैशाख २०८१, सोमबार
(March 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

छोरीबुहारी छात्रवृत्ति कार्यक्रमका लागि निवेदन आह्वान

सामाजिक विकास कार्यालय जुम्लाले प्राविधिक शिक्षामा महिलाको पहुँच बढाउन ‘छोरीबुहारी छात्रवृत्ति’ कार्यक्रमका लागि निवेदन आह्वान गरेको छ ।

नर्सिङ, एचए, फार्मेसी, ल्याब टेक्निसियन, रेडियोलोजिष्ट, बाली विज्ञान, बागवानी, पशुविज्ञान, इन्जिनीयरिङ र कम्प्युटर विज्ञानमा डिप्लोमा अध्ययन गर्न प्रदेश सरकारले छात्रवृत्ति प्रदान गर्ने कार्यालय प्रमुख बलवीर सुनारले जानकारी दिए ।

प्रदेश सरकारले आर्थिक वर्ष ०७५/ ०७६ देखि सो कार्यक्रम अघि सारेको हो । एक जनालाई रु ६६ हजारदेखि एक लाख ३० हजारसम्म छात्रवृत्ति प्रदेश सरकारले उपलब्ध गराउने कार्यालयले जनाएको छ ।

कार्यक्रम प्रभावकारी बन्दै गएको स्थानीयवासी भगवती चौलागाईंले जानकारी दिए ।

प्रकाशित मिति: Mar 9, 2021

प्रतिक्रिया दिनुहोस्