Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आइप्रोका फिचर फोन भित्रिए नेपाली बजारमा ! यस्ता छन् विशेषता

भीएस ग्रुपले नेपाली बजारमा आईप्रोका फिचर फोन उपलब्ध गराएको छ ।  भीएस ग्रुपले आईप्रोका फोनहरू आधिकारिक रूपमा नेपाली बजारमा उपलब्ध गराएको हो ।

आईप्रोका फिचर फोनको बिक्री-वितरण सन् २०१९ जुलाई देखि प्रारम्भ भए पनि आधिकारिक रूपमा लन्च गरिएको थिएन ।

पहिलो चरणमा कम्पनीले आईप्रोका सीमित मोडलका फिचर फोनहरू मात्र बिक्री गर्नेछ भने भने बिस्तारै अन्य डिजाइनमा फोनहरू उपलब्ध गराउने छ ।

कम्पनीले नेपाली उपभोक्ताहरूको माग र आवश्यकतालाई मध्यनजर गरेर आईप्रोका फिचर फोन मोडलहरू ल्याउन लागेको हो ।

काठमाडौँको नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको आईप्रोले आफ्नो सेवा पूर्व देखि पश्चिम नेपालसम्म दिन सफल भएको छ ।

भीएस ग्रुपले आफ्नै मोबाइल ब्रान्ड क्यान्भास नेपाल समेत उपलब्ध गराइरहेको छ । सो ग्रुपले क्यान्भास मोबाइल नेपाल भनेर आफ्नो पहिचान गराउने गरेको छ ।

सन् २०१५ देखि भीएस ग्रुप अफ कम्पनिजले विभिन्न सेवा प्रदान गरिरहेको छ । हाल आईप्रो मोबाइल ब्रान्ड बाहेक ग्रेट एसिया ट्याब्लेट समेत यही ग्रुपले बिक्री-वितरण गरिरहेको छ ।

आईप्रो सस्तो, भरपर्दो र टिकाउ फिचर फोन हो । साधारण र निम्न आय हुने व्यक्तिहरू तथा ठुला कम्पनीहरूले आफ्ना कर्मचारीहरूलाई उपलब्ध गराउनका लागि यसको उपयोग गर्न सक्छन् ।

जस्तोसुकै स्थानमा पनि राम्रो नेटवर्क दिने र लामो समय सम्म ब्याट्री टिक्ने भएकाले यी फिचर फोन निकै नै उपयोगी छन् ।

नेपालभरका विभिन्न स्थानमा डिलर र सर्भिस सेन्टर उपलब्ध भएकाले यसका लागि बिक्री पछिको सुविधा समेत प्राप्त गर्न सहज छ ।आईप्रोका फिचर फोनहरूमा ड्युअल सिम, वायरलेस एफएम, क्यामेरा, मेमोरी कार्ड थप्न सकिने सुविधा, भिडियो रेकर्ड गर्न सकिने सुविधालगायतका विशेषता हुनेछन् ।

आईप्रो एक चाइनिज मोबाइल फोन उत्पादनकर्ता हो । जसको आफ्नै रिसर्च एन्ड डेभलपमेन्ट प्रविधि छ । संसारका धेरै देशमा यसको उत्पादन हुन्छ । सन् २००१ देखि यी फोन बजारमा उपलब्ध छन् । कम्पनीको रिसर्च एन्ड डेभलपमेन्ट क्षेत्रमा ३ हजार भन्दा बढी जनशक्ति कार्यरत छन् । यसले गर्दा नै आईप्रोले विश्व स्तरीय बारफोन उत्पादन गर्न सफल भएको छ ।

कम्पनीले फिचर फोन, स्मार्टफोन, रग्ड फोनसहितका उत्पादनहरू बिक्री गर्दै आएको छ ।आगामी दिनमा आईप्रोका धेरै मोडलहरू समेत नेपाल ल्याउने र चाँडै नै स्मार्टफोन समेत ल्याउने तयारी गरेको छ ।

नेपाली बजारमा आईप्रोका फिचर फोनहरू ९ सय देखि १० हजार रुपैयाँ मूल्य सम्ममा उपलब्ध छन् ।

अमेरिकी र युरोपेली बजारमा आईप्रोका फोनहरू निकै रुचाइएको छ । आईप्रोले आफ्ना मोबाइल फोनहरू भारत, मलेशिया, इण्डोनेशिया, ल्याटिन अमेरिका, उत्तर अमेरिका र युरोपमा १०० भन्दा बढी देशहरूमा बिक्री गरिरहेको छ ।

प्रकाशित मिति: Mar 7, 2021

प्रतिक्रिया दिनुहोस्