Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्री प्रभु साहको निर्देशनमा किसानको गहुँखेतमा चलाइयो डोजर, किसानको रुवाबासी

प्रदेश नं २ स्थित रौतहटको मौलापुरमा शहरी विकास मन्त्री प्रभु साहको निर्देशनमा मेला लगाउन स्थानीयहरुको गहुँ बालीमै डोजर चलाइएको छ ।

फागुन २७ गते मनाइने महाशिवरात्रीको उपलक्ष्यमा आयोजना हुन लागेको ठूलो मेला लगाउनकालागि मन्त्री साहको निर्देशनमा नगरपालिकाले करिब तीन बिगाहा जमिनमा लगाइएको गहुँ डोजर लगाएर नष्ट गरिएको हो ।

अगामी फागुन २७ गते आयोजना हुन लागेको मौलापुर महोत्सव मेलाको लागि मन्दिरको अगाडीमा रहेको गहुँबालीमा डोजर चलाएर मेला लगाउने तयारी भएपछि किसानको घरमा रुवाबासी चलेको छ ।

मेलाको आयोजक मौलापुर नगरपालिकाकी मेयर रिना देवी साह मन्त्री साहकै पत्नी हुन् ।‘मेला आयोजना गर्ने मिति पहिले नै तय भए पनि निर्धारित ठाउँमा मेलाको आयोजना नगरी बाली लगाइएको स्थानमा समितिले मेला लगाएको बाली नष्ट गर्‍यो,’ मौलापुर नगरपालिका वडा नम्बर ५ का कृष्ण साहले भने, ‘यसअघि तय भएको स्थानमा समेत हाम्रो खेत थियो। तर, त्यहीँ मेला आयोजन हुने निर्णय भएपछि हामीले त्यहाँको करिब सात कट्ठा जग्गा पर्ति नै राख्यौं र यहाँको चार कट्ठा खेतमा बाली लगाएका थियौं।

उक्त कार्यक्रममा भोजपुरी नायिका अक्षरा सिंह पनि मनोरन्जनात्मक कार्यक्रमका लागि आउन लागेको बुझिएको छ ।

पीडित किसान उनको अनुसार ती गहुँ पाक्नै लागेको थियो।‘अबको करिब १० देखि १५ दिनमा काट्ने थियौं, तर अन्तिम समयमा आएर समितिले हाम्रो मेहनतलाई खरानी बनाइदियो,’ उनले भने।

चार कट्ठा खेतमा लगाएको बालीमा १० देखि १५ हजार खर्च भए पनि आयोजकले क्षतिपूर्तिको नाममा पाँच हजार रुपैयाँ थमाइदिएको उनले गुनासो गरे।

‘हामीले सुरूमा बाला लागिसकेको बाली नकाट्नु, बरु पहिले जुन स्थान मेलाको आयोजन हुने बाला थियो, त्यहीँ गएर मेला लगाउनु भनेका थियौं,’ उनले भने, ‘उहाँहरूले मान्नु भएन।’

‘मन्त्रीजीले घरमा आएर भन्नुभएको थियो, महाशिवरात्रीमा मेला लाग्छ, उक्त स्थानमा भएका खेतहरूमा बाली नलगाउनु होला,’ पीडित महिला किसानले भनिन्, ‘त्यसैले, हामीले उक्त ठाउँमा बाली लगाएनौं।

तर, जहाँ बाली लगाएनौं, त्यहाँ मेला लगाइएन र बाली लगाएको ठाउँमा आएर मेला लगाएर हाम्रो मेहनत र पैसा दुबै डुबाइदिए।’ उनी जस्तै ४, ५ जना किसानको बाली नष्ट गरिएको छ।स्रोत : टुडेपाटी

प्रकाशित मिति: Mar 3, 2021

प्रतिक्रिया दिनुहोस्