Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोमल वलीको पन्तलाई प्रश्न : महिला नेतृहरुको कसलाई पिंडुला देखाएर त्यो स्थानमा पुग्न सफल भएको हो?

नेकपा ओली समूहकी नेतृ कोमल वलीले आफ्नो पार्टीमा आमा दिदिबहिनीलाई सम्मान रहेको टिप्पणी गरेकी छिन् । आज दाङमा अन्य पार्टी त्यागेर नेकपामा तीन सय जना प्रवेश गरेको जनाउँदै वलीले यस्तो बताएकी हुन् ।

उनले लेखेकी छन्(“दाङको विकट मानिने बंगलाचुलि गाउँपालिकामा हजारौं जनताले सिर्फ ३केपी ओलिको नेतृत्व चाहेर, मन पराएर अन्य पार्टी छोडेर करिव ३ सय नेकपामा प्रवेश गरे । जनतामा उस्तै छ उत्साह उस्तै छ उमंग । आमा दिदीबहिनिलाई सम्मान गर्छन यो पार्टीमा किनभने यहाँ रघुजी पन्तहरु छैनन् ।”

उनले पन्तलाई महिला नेतृहरुको कसलाई पिंडुला देखाएर त्यो स्थानमा पुग्न सफल भएको हो ? भनी प्रश्न गरेकी छिन् ।

कोमल वली यसपटक रघुजी पन्तविरुद्ध आक्रामक रुपमा प्रस्तुत भइन् । उनले नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी सदस्य रघुजी पन्तलाई निच सम्म भनेकी छिन् ।

पन्तले महिला नेतृहरु पिंडुला देखाएर पदमा पुग्न सफल भएको अभिव्यक्ति दिएपछि वली आक्रामक बनेकी हुन् । उनले सामाजिक सञ्जालमा पन्तको नामै तोकेर लेखेकी छिन् ।

वलीले लेखेकी छिन्ः हामीले नेता मानेका रघुजी पन्त कति निच हुनुहुँदो रहेछ भन्ने बल्ल आएर खुलेको छ । पन्तजीलाई मेरो प्रश्न स् तपाईको पार्टीमा कुनै पदमा रहनु भएका महिला नेतृहरुले को कसलाई पिंडुला देखाएर त्यो स्थानमा पुग्नु भएको हो ? के यो देशमा महिलाले कुनै काम गर्न, कुनै पदमा पुग्न र सफलता हासिल गर्न तपाईको जस्तो दरिद्र सोचको सिकार हुनुपर्छ ?

पत्नविरुद्ध उनी लगातार आक्रामक हुने क्रममा आमा दिदीबहिनी सबैको अपमान गरेको टिप्पणी गरेकी छिन् ।

वलीले लेखेकी छिन्  ” पुर्वीया दर्शन देखि मानव विकासमा महिलाको उच्च सम्मान समाजको कसिमा उत्तीर्ण भएर भएको छ । प्रकृतिले नै महिला र पुरुषको समायोजन गरेको हो । एकअर्काको आदर सम्मान विना समाजमा न्याय समानता र विवेकशीलताको अन्त हुन्छ । समाज हिंसा तिर जान्छ र दया करुणा जस्ता कुरा हराउँछन् । तसर्थ एकले अर्कालाइ सम्मान गर्नु जीवनलाई मर्यादित र सरल बनाउनु हो । तर नेकपाका नेता रघु पन्तले महिलाहरुले प्राप्त गर्ने पदहरु पिंडुला देखाएर भन्ने जुन अभिव्यक्ति दिनुभएको छ वहाँको मानव बिकासका क्रममा बन्ने तन्तु हरु विचैमा रोकिएको जस्तो छ । वहाँले प्रयोग गर्ने शव्दहरुले आफ्नो आमा दिदीबहिनी सबैलाई अपमान गरेको छ । विवेक हिन मानिसको आलोचना ले आफैलाई आलोचित गर्दछ यस्ता व्यक्तिले नेतृत्व गरेका राजनीतिक पार्टी र समाजको दुर्घटना कति टाढा होला ?”

प्रकाशित मिति: Feb 28, 2021

प्रतिक्रिया दिनुहोस्