Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 25, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाहापाउनुहोस् : यस्ता छन् डोरी खेल्दा हुने फाइदा !

अहिलेको बदलिदो हावापनी तथा खानपिनको कारण मोटोपना आम मानिसको समस्या भएको छ । मानिसहरुले अहिले आफूलाई फिटिङ राख्नको लागि धेरै उपायहरु अपनाइरहेका छन् ।

अहिलेको आम मानिसको चिन्ता हुने गर्छकी कसरी हामी आफूलाई स्वस्थ र फिटिङराख्ने भन्ने बारेमा ! हामीमध्ये धेरैलाई शारीरिक फिट रहनका लागि कुन जिम जाने वा कुन एक्सरसाइज गर्ने भन्ने चिन्ता भइरहेको हुन सक्छ। धेरै मानिसहरुले आफूलाई फिटिङ राख्नको लागि विभिन्न औषधीहरु पनि सेवन गरेको हामीले समाजमा देखिन्छ ।

विशेष गरी अहिलेका युवा पुस्तामा यो प्रचलन चलेको पाइन्छ । जसको कारण त्यस्ता औषधीले शरीरलाई हानिगर्ने भएकोले विभिन्न रोगको शिकार हुने गर्छन् ।

तर हाज हामी तपाइलाई आफू फिटिङ रहनका लागि एकदमै सजिलो उपाय बताउन गएका छौ । हामीले दैनिक डोरी खेल्यो भने हाम्रो मोटोपनको समस्या हटेर जान्छ । डोरी खेल्दा माटोपन मात्र अन्य शारीरिक फाइदा पनि पनि हुने गर्छ । जस्तै नशाको समस्या साथै मानिसक समस्यापनि कम गर्ने गर्छ ।

डोरी खेल्दा हुने फाइदाहरु

-डोरी खेल्दा मोटोपन कम हुन्छ।

-मुटु र हड्डी बलियो बन्छ

नियमित रुपमा डोरी खेल्नाले मुटु र हड्डीका लागि फाइदा त हुन्छ नै। हर्ट अट्याक आउने जोखिम पनि कम हुन्छ।

तनाव कम गर्छ
आजकल शारीरिक श्रम गर्ने चलन कम भइरहेको छ। विभिन्न अध्ययनले शारीरिक श्रम कम गर्ने व्यक्तिमा डिप्रेसन देखिन सक्ने देखाएका छन्। डोरी खेल्नाले तनावबाट बच्न मदत पुग्छ।

डोरी खेल्नाले स्टामिना राम्रो हुन्छ। शरीरमा फुर्तिलोपन आउँछ।

छालामा चमक आउँछ
यदि तपाइ छालालाई सुन्दर र ग्लोइंग बनाउन चाहनुहुन्छ भने डोरी खेल्न सुरु गर्नुहोस्। डोरी खेल्दा आउने पसिनाले अनुहार रहेको रोम छिद्रहरु खुल्छन्।

यसले छालालाई कसिलो बनाउँछ। यसले छालामा रहेको विषाक्त पदार्थ पनि बाहिर निकाल्छ। एजेन्सी

 

प्रकाशित मिति: Feb 25, 2021

प्रतिक्रिया दिनुहोस्