Logo
६ जेष्ठ २०८१, आईतबार
(February 25, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इन्डोनेसियाको सुन खानीमा आएको पहिरोमा परी पाँच जनाको मृत्यु, ७० बेपत्ता

इन्डोनेसियाको केन्द्रिय प्रान्त सुलावेसीमा रहेको एक सुन खानीमा बुधबार आएको पहिरोमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु हुनुृको साथै अन्य करिब ७० जना बेपत्ता भएका प्रकोप निन्त्रयण निकायले मङ्गलबार जानकारी दिएको छ ।

प्रान्तीय प्रकोप व्यवस्थापन निकायका प्रमुख दातु पामुसु टोम्बोलोटुटुले घटनास्थलबाट सिन्हवा समाचार समितिलाई टेलिफोन गरेर भारी वर्षाका कारण परिगी माउन्टोङजिल्लाको बुरंगा गाउँमा रहेको परम्परागत सुन खानीमा पहिरो सुरु भएको बताएका थिए ।

पाँचवटा लाशहरु भेट्टिएको र अन्य ७० जना हराइरहेका ती मध्ये धेरै जमिनमुनि गाडिएको अनुमान गरिएको पामुसुले बताएका छन् । । बुधवारदेखि हराएका व्यक्तिहरुको खोजी र उद्धारको कार्य शुरू गरिएको छ, एउटा उत्खननकर्ता र अन्य उपकरणहरू घटनास्थलमा खटाइएको पनि पामुसुले बताएका छन् ।

सैनिक, प्रहरी, स्थानीय खोजी र उद्धार कार्यालयका कर्मचारी र प्रकोप एजेन्सीका स्वयंसेवकहरू लगायत खोज र उद्धार अभियानमा संलग्न रहेको अधिकारीले बताएका छन् ।

प्रकाशित मिति: Feb 25, 2021

प्रतिक्रिया दिनुहोस्