Logo
१५ बैशाख २०८१, शनिबार
(February 25, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तयार भयो मोबाइल मनी एप, अब टेलिकमका फाेन नम्बर नै मोबाइल वालेट

नेपाल टेलिकमको सहायक कम्पनीले मोबाइल भुक्तानी सेवा सञ्चालनका लागि आवश्यक मोबाइल एप तयार गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंक र टेलिकमको संयुक्त लगानीमा सञ्चालन हुने लागेको उक्त कम्पनीले टेलिकमका मोबाइल नम्बरलाई नै डिजिटल वालेटको रुपमा प्रयोगमा ल्याउने तयारी गरेको छ ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीका अनुसार उक्त एप्प फागुन १२ अर्थात भोलि नेपाल राष्ट्र बैंकले अवलोकन गर्ने कार्यक्रम तय भएको छ ।

राष्ट्र बैंकले उक्त एप्प्पको अवलोकन गरेसँगै अनुमतिको प्रक्रिया अघि बढ्ने उल्लेख गरिएको छ । यसअघि उक्त कम्पनीले सेवा सञ्चालनको अनुमतिपत्रका लागि पुस २६ गते राष्ट्र बैंकमा निवेदन पेश गरेको थियो ।

त्यसका आधारमा राष्ट्र बैंकले कम्पनी दर्ता, कार्यालय, कर्मचारी, सफ्टवेयर, नेटवर्क लगायतको आवश्यक अध्ययन गरिसकेको उल्लेख गरिएको छ ।

त्यस्तै बाँकी रहेको एप्प अध्ययन पश्चात मोबाइल भुक्तानी सेवाका लागि अनुमतिपत्र प्रदान गरिने राष्ट्र बैंकले जनाएको छ । उक्त अनुमति पश्चात डिजिटल पेमेन्ट कम्पनीले टेलिकमका मोबाइल नम्बरलाई नै डिजिटल वालेटको रुपमा प्रयोग गर्न सकिने गरी सेवा सुरु गर्नेछ । जसबाट सहजै विभिन्न वस्तु तथा सेवाको भुक्तानी गर्न सक्नेछन् ।

प्राप्त जानकारी अनुसार मोबाइल भुक्तानीका लागि रहने रकम रिचार्ज ब्यालेन्सको रुपमा भन्दा फरक खातामा रहने बताइएको छ । रिचार्जमा दूरसञ्चार सेवा शुल्क लगायतका कर लाग्ने भएकाले मोबाइल मनी सस्तो बनाउन यस्तो विकल्प अगाडि सारिएको हो । (टेकपाना )

प्रकाशित मिति: Feb 25, 2021

प्रतिक्रिया दिनुहोस्