Logo
१३ बैशाख २०८१, बिहीबार
(January 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीलाई ब्यंग्य गर्दै विराटनगरमा बयलगाडा र्‍याली

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेको भन्दै प्रदेश १ स्थित राजधानी विराटनगरमा बयलगाडा र्‍याली निकालिएको छ । प्रधानमन्त्रीलाई ब्यंग्य गर्दै सो र्‍याली निकालेको अनेरास्ववियुले जनाएको छ ।

५ पुसमा प्रधानमन्त्री ओलीले संविधानमा नभएको अधिकार प्रयोग गरि प्रतिनिधी सभा विघटन गरेको विरोध स्वरूप बयलगाडा र्‍यालीनिकालेका हुन् ।

नेकपा प्रचण्ड-नेपाल समूह समर्थक अनेरास्ववियु जिल्ला कमिटी मोरङले विराटनगरमा आइतबार बयलगाडा र्‍याली निकालेको हो ।

विराटनगरस्थित रोडशेष चौकदेखि निकालेको बयलगाडा र्‍यालीले नगरको विभिन्न भाग परिक्रमा गरि स्थानिय ट्राफिक चौकमा आएका कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै संविधानसभा सदस्य मिना यादवले प्रधानमन्त्री ओलीले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरि असंवैधानिक निर्णय गरेको बताइन् ।

उनले ओलीको असंवैधानिक कदमले देशमा अस्थिरता र अराजकता निम्त्याएको बताइन् । कार्यक्रममा अधिवक्ता पुरूषोत्तम नेपालले प्रधानमन्त्रीले संविधानमा हँदै नभएको अधिकार दुरूपयोग गरेको बताए ।

संविधान विपरित देश चलाउने अधिकार कसैलाई पनि नभएको भन्दै विधीको शासनका लागि विघठित प्रतिनिधि सभा पुनःस्थापना गर्नु बाहेक अदालतलसँग पनि अर्को बिकल्प नएको बताए ।

‘प्रमको कदम पूर्ण रूपमा असंवैधानिक छ । यस्तो कदमलाई सबैले गलत भन्न हिच्किचाउनु हुदैन,’ अधिवक्ता नेपालले भने ।

शक्तिको आडमा संविधानको दुरूपयोग गर्ने कार्य अति नै सम्वेदनशिल भएकोले चुप लागेर बस्नु अपराध सरह हुने उनको भनाई थियो ।

‘संविधानलाई मास्ने कामलाई पनि सही कदम भनेर भन्नेहरु दिउँसै सुतेको बहाना गर्ने प्रतिगमनका सर्मथकहरु मात्र हुनसक्छन् सचेत नागरिक कसैले पनि ठीक हो भनेर भन्न सक्दैन,’ उनले भने ।

शक्तिको आडमा संबिधान मिच्ने काम असंबैधानिक भएको बताए ।

प्रकाशित मिति: Jan 10, 2021

प्रतिक्रिया दिनुहोस्