Logo
१७ बैशाख २०८१, सोमबार
(January 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गफार अन्सारीको घोषणा : ‘हरिनगरा बजारमै नमूना मन्दिर बनाउँछु’

सडक बिस्ताका क्रममा एक मन्दिरको पर्खाल भत्काउन खोज्दा धार्मिक विवादमा फसेका प्रदेश १ स्थित सुनसरीको हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी मियाँले आफूले आफ्नै खर्चमा मन्दिर बनाउने घोषणा गरेका छन् ।

उनले भने हरिनगरा बजारमै नमूना मन्दिर बनाउने घोषणा गर्दछु त्यो पनि निजि खर्चमा, मलाई सुनयोजित त्वरबाट भुटाहा स्थित शिव मन्दिर प्रक्रणमा लालछाना लगाइएको छ । त्यहाँ राजनीतिको नाममा राजनीति भइरहेको छ ।

हरिनगर पालिकाका अध्यक्ष अन्सारीले हरिनगर वडा नम्बर-४ को मुख्य बजार क्षेत्रमा महावीर बजंरगवली मन्दिर बनाउने र उक्त मन्दिर पालिकाकै उत्कृष्ट मन्दिर हुने उनले बताए ।

‘जनतासँग अध्यक्ष’ भन्ने कार्यक्रम अन्तरगत हरिनगरा बजार क्षेत्रमा बोल्दै पालिकाका अध्यक्ष अन्सारीले उक्त घोषणा गरेका हुन् । उनीसमक्ष हरिनगरा बजार क्षेत्रका युवा, व्यापारी र बुद्धिजीवीको गुनासो पोखेका थिए ।

उनले पालिका अन्तरगत हरिनगर-४ लाई पालिकाको सदरमुकाम बनाउने गरी सबै बाटोहरु जोडेर बाटो निर्माण कार्यलाई आफूलाई सम्पन्न गराएको बताए ।

कार्यक्रमा पालिकाकी उपाध्यक्ष रिमझिम भगत समेत स्थानीय अगुवाहरु देवनारायण मेहता, खेलानन्दलाल देव लगायतले मन्दिर निर्माण गर्ने पालिका अध्यक्षको घोषणाको सरहना गरेका थिए ।

कार्यक्रम मन्दिर समितिका अध्यक्ष प्रदीपकुमार साहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडाध्यक्ष सुदिलाल मेहता, हरिनगर गाउँपालिका नेपाली कांग्रेसका सभापति शिवहरि श्रेष्ठ, रामचन्द्र राउत, प्रदीप मेहता, सुभाषकुमार देव, मनोज मेहता, दीपककुमार साह, राजेश मालुलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: Jan 7, 2021

प्रतिक्रिया दिनुहोस्