Logo
२३ बैशाख २०८१, आईतबार
(January 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रियसभाका १ सांसद र ५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि तर पनि बैठक

संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका १ सांसद र ५ जना कर्मचारीमा कोरोना संक्रमण भएको छ । राष्ट्रिय सभाको अधिवेशन आज साँझ ४ बजेदेखि सुरु हुन लागेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा शुक्रबार ४ बजेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी थिइन् । प्रतिनिधिसभा भने पुस ५ गते नै विघटन भइसकेको छ ।

शुक्रबारदेखि सुरु हुन लागेको राष्ट्रिय सभाको हिउँदे अधिवेशन अघि बिहीबार कोरोना परीक्षण गरेकामध्ये ६ जनामा संक्रमण भेटिएको संसद् सचिवालयले जानकारी दिएको छ ।

राष्ट्रिय सभाको अधिवेशनको अघिल्लो दिन बिहीबार ४१ सांसदसहित ९७ जनाको कोरोना परीक्षण गरिएकोमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए ।

अधिवेशनमा स्वास्थ्य सतर्कता अपनाउनका लागि कोरोना परीक्षण गरिएको हो । सांसद र कर्मचारीलाई कोरोना संक्रमण देखिए पनि अधिवेशनमा प्रभाव नपर्ने धमलाले बताए ।

‘१ जना माननीय र ५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ,’ धमलाले भने । ‘सहयोगी कर्मचारीहरूमा संक्रमण देखिएको हो । संक्रमितहरू आउनुहुन्न सदन चल्छ,’ उनले भने ।

प्रकाशित मिति: Jan 1, 2021

प्रतिक्रिया दिनुहोस्