Logo
६ जेष्ठ २०८१, आईतबार
(December 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपाको विवाद बुझ्न काठमाडौं आइपुग्यो चिनियाँ टोली

नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे बुझ्न उत्तरी छिमेकी देश चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ काठमाडौँ आएका छन् ।

एयर चाइनाको चार्टर्ड विमानबाट चीनका उच्च अधिकारीको टोली आइतबार काठमाडौं आइपुगेको हो ।चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वमा चार सदस्यीय टोली रहेका छन् ।

चिनियाँ टोलीको भ्रमणबारे विस्तृतमा जानकारी दिइएको छैन । यद्यपि चिनियाँ प्रतिनिधिमण्डल नेपालमा चार दिन रहनेछ र नेपाल बसाइको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायतसँग भेटवार्ता गर्ने छ ।

२०७४ सालमा पनि नेता गुओ फागुनमा नेपाल आएको र उनको भ्रमण लगत्तै नेपालका दुई कम्युनिष्ट पार्टी एमाले र र माओवादी केन्द्रबीच पार्टी एकीकरण सम्भव भएको थियो ।

यसअघि चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति, प्रधानमन्त्रीका साथै नेकपाका शीर्ष नेताहरुलाई भेटेकी थिइन् ।भेटहरुमा उनले पार्टीको विवाद र राजनीतिक घटनाक्रम कसरी अगाडि बढ्छ भन्ने बढी चासो राखेकी थिइन् ।

 

प्रकाशित मिति: Dec 27, 2020

प्रतिक्रिया दिनुहोस्