Logo
२३ बैशाख २०८१, आईतबार
(December 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘इजलासबाट ल्याप्चे नलगाइयोस्’ भन्दा बहसबाट हटाइए अधिवक्ता

संसद विघटनविरुद्धको रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलाशमा जारी बहसको बीचबाटै एक जना अधिवक्तालाई हटाइएको छ । बहसका क्रममा एक अधिवक्तासँग प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा झोक्किदै उनलाई हटाएका हुन् ।

बहसका क्रममा उनले संसद विघटनको निर्णयमा ‘इजलासबाट ल्याप्चे नलगाइयोस्’ भनेका थिए । त्यसपछि झोक्किएका राणाले उनको बहस सुन्न मानेनन् र उनलाई हटाई दिए ।

राणाले भने, ‘तपाईँलाई ल्याप्चेको अर्थ थाहा छ रु बहस सुन्दिनँ ।’ त्यसपछि अधिवक्ता अनिता गौतम पौडेलले बहस गरेकी थिइन् । उनले राष्ट्रपतिले सरकारको सिफारिस इन्कार नगरी हतारमा संसद विघटनको निर्णय लिएको आरोप लगाइन् ।

प्रकाशित मिति: Dec 25, 2020

प्रतिक्रिया दिनुहोस्