Logo
२७ बैशाख २०८१, बिहीबार
(December 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चुनाव घोषणा भएसँगै बजार भाउ उच्च बन्दै, सर्वसाधरणलाई दैनिकी गुजार्न कठिन हुने

सरकारले संसद् विघटन गरेर नयाँ चुनावको घोषणा गरेसँगै अब बजार भाउ झन् बढ्ने भएको छ । विज्ञहरुका अनुसार चुनावका कारण महँगी बढ्ने र जनजिवन थप अस्तव्यस्त हुने आकलन गर्न थालिएको छ । त्यसो त, पछिल्लो समय बजार भाउ बढ्ने क्रममा नै रहेको सरकारी रेकर्डले बताउछ ।

२०७६ कात्तिकको तुलनामा २०७७ कात्तिकमा तरकारी उपसमूहको मूल्यवृद्धि २० दशमलव ८८ प्रतिशतले र दाल तथा गेडागुडी उपसमूहको मूल्य वृद्धि १३ दशमलव ७० प्रतिशतले बढेको हो।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको चार महिनाको तथ्याङ्क सार्वजनिक गर्ने क्रममा औसत मूल्यवृद्धि नियन्त्रणमा रहेता पनि खाद्य तथा पेय पदार्थको मुद्रास्फीति ५.७३ प्रतिशत रहेको छ। २०७७ कात्तिकमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४ दशमलव ०५ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रा स्फीति ५.७६ प्रतिशत रहेको थियो।

भारतमा खाद्य पदार्थको मूल्यवृद्धि आकासिएकाले गर्दा खाद्य पदार्थमा उच्च मूल्यवृद्धि भएको नेपाल राष्ट्र बैंकका अनुसन्धान विभागका कार्यकारी निर्देशन डा. गुणाकर भट्टले जानकारी दिए। भारतबाट आउने खाद्य वस्तुमा उच्च मूल्यवृद्धि भएको राष्ट्र बैंकले जनाएको छ।

२०७७ कात्तिकमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ९ दशमलव ४१ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.५७ प्रतिशत रहेको थियो। समिक्षा अवधिमा उपभोग्य वस्तु मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ७.७२ प्रतिशत, ११.४८ प्रतिशत र ३.४५ प्रतिशत रहेको छ। समिक्षा महिनामा निर्माण सामाग्रीको थोक मूल्य ०.१९ प्रतिशतले घटेको छ।

प्रकाशित मिति: Dec 21, 2020

प्रतिक्रिया दिनुहोस्