Logo
२३ बैशाख २०८१, आईतबार
(December 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वास्थ्य सामग्री खरिद अनियमितताबारे छलफल गर्न ढकाललाई लेखा समितिले बोलायो

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएका अनियमितताका बारेमा छलफल गर्न लेखा समितिले शुक्रबार बोलाएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका निकाय र नेपाली सेनामार्फत स्वास्थ्य सामग्री ल्याउँदा भएका अनियमितताका विषयमा प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य मन्त्री ढकालसँग छलफल गर्न शुक्रबार १ बजे बैठकमा बोलाएको समिततिले जनाएको छ ।

समितिले यसअघि पटक पटकको बैठकमा पनि मन्त्रालयले खरिद प्रक्रिया पूरा नगरीकन ओम्नी समूहमार्फत स्वास्थ्य सामग्री खरिद गर्न लागेको भन्दै अध्ययन शुरु गरेको थियो।

तर लामो समय बैठक नै नबस्दा यो विषयमा समितिले छलफल गर्न सकेको थिएन। अबको बैठकमा भने स्वास्थ्य मन्त्री ढकाललाई नै बोलाएर छलफल गर्ने तयारी समितिले गरेको हो।

प्रकाशित मिति: Dec 17, 2020

प्रतिक्रिया दिनुहोस्