Logo
२६ बैशाख २०८१, बुधबार
(December 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नौ महिनापछि काठमाडौं-नयाँदिल्ली उडान शुरु

कोरोनाका कारण बन्द भएको नेपाल-भारत उडान करिब नौ महिनापछि आजदेखि पुन: सञ्चालनमा आएको छ ।

करिब नौ महिनापछि काठमाडौँ-नयाँदिल्ली उडान पुनः शुरु भएको हो ।काठमाडौँ-नयाँदिल्ली गन्तव्यमा दुवै देशले दैनिक दुई उडान भर्नेछन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले नेपाल एयरलाइन्सको न्यारोबडी ए३२० जहाजले काठमाडौँबाट १४१ यात्रु लिएर केहीबेर अघि दिल्ली उडेको जनाएको छ ।

बिहान ११ः२० बजे उडेको उडान नं २०५१ जहाज दिल्लीबाट त्यहाँको समयअनुसार दिउँसो १ः५५ बजे काठमाडौँ फर्किने उडान तालिका छ ।

एक सय ५७ यात्रु क्षमताको न्यारोबडी जहाजमा १३५ इकोनोमिक र छ बिजनेस क्लासका यात्रु सवार रहेको निगमले जनाएको छ ।

दुवै पक्षका सरकारले ‘एयर ट्रान्सपोर्ट बबल संयन्त्र’ को अवधारणा अन्तर्गत काठमाडौँ र दिल्लीबीच नियमित निर्धारित उडान पुनः शुरु गरिएको हो ।

कोभिड-१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल तथा भारत दुवै मुलुकले अन्तर्राष्ट्रिय नियमित अन्तरदेशीय उडानमा प्रतिबन्ध लगाएकामा हाल दुवै मुलुकले अन्तर्राष्ट्रिय उडानमा गरिएको प्रतिबन्ध ‘एयर ट्रान्सपोर्ट बबल’ मार्फत खुकुलो बनाएकाले निगमले काठमाडौँ-दिल्ली रुटमा हाललाई दैनिक नियमित एक उडान गर्न लागिएको जनाएको छ ।

 

 

प्रकाशित मिति: Dec 17, 2020

प्रतिक्रिया दिनुहोस्