Logo
१५ चैत्र २०८०, बिहीबार
(December 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाहापाउनुहोस् : अभिनयसँगै पढाईमा समेत अब्बल रहेका यी ६ चर्चित नेपाली अभिनेत्री !

भनिन्छ चलचित्रमा लाग्ने मानिसहरु पढेलेखेका हुदैनन् तर यस भनाईलाई पछिपार्दै सिने क्षेत्रका कहि अभिनेत्रीहरु अभिनयसँगै पढाइमा पनि अब्वल रहेका छन् ।

आज हामी तपाईलाई पढाइमा पनि अब्वल रहेका केहि अभिनेत्रीको बारेमा जानकारी दिन गइरहेका छौ ।

केकी अधिकारीः

नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका केकी अधिकारी हुन्  । केकीले हुमन रिर्सोस म्यानेजम्यान्टमा स्नातकोत्तर गरेकी छिन् ।फिल्म निर्देशक बद्री अधिकारीकी छोरी भएका नाताले पनि कलिउडमा उनको इज्जत नगर्ने भेटीदैँनन् । मसान चलचित्र खेलेर वाहीवाही बटुलेकी थिइन् ।

प्रियंका कार्की :

नेपाली चलचित्र क्षेत्रकी एक चर्चित अभिनेत्री हुन् प्रियंका कार्की । उनले अमेरीकाको युनिर्भसिटी अफ अलबामाबाट चलचित्रमा डिप्लोमा गरेकी थिइन् । उनले नायक आयुसमान देशराज श्रेष्ठसँग बिवाह गरेर नयाँ जीवनको सुरुवनत गरेकि छ्न् । उनी पनि बौद्धिक नायिकाको क्याटोगोरीमा पर्ने गर्छिन् ।

रिमा विश्वकर्माः

चलचित्र खेलेर भन्दा पनि मोडलिङ र कार्यक्रम चलाएर हिट बनेकी रिमा विश्वकर्माले पिनाकल एकेडेमीबाट अंग्रेजी र मास मिडियामा स्नातक गरेकी छन् । पछिल्लो समयमा नेपाल आईडलको प्रस्तोता हुँदा उनले धेरैको मन जितेकी थिइन् ।

ऋचा शर्माः

नायिका ऋचा शर्माले लिटिल एञ्जल स्कुल हात्तीवनबाट स्कुले जीवन प्रारम्भ गरेकी थिइन् । पछि गोल्डेनगेटबाट ब्यवस्थापनमा स्नातकोर गरेकी छिन् । उनले यस बाहेक जर्मनी र फ्रान्सबाट कलाकारिता सम्बन्धी अध्यन गरेकी छिन् । जिवन्त अभिनय गर्ने क्षमताकी धनि ऋचाले नेपाली रजतपटमा ‘फस्ट लभ’ चलचित्रबाट पाईला टेकेकी थिइन् । त्यसअघि उनले पहिलो पल्ट यस कुमारको ‘थाकेको यो नजरमा’ भन्ने गीतबाट अभिनय यात्रा थालेकी थिईन् ।

संचिता लुईटेलः

नेपाली चलचित्रकी ‘अप्सरा’ संचिता लुईटेल पछिल्लो समय चलचित्रमा देखिएकी छैनन् । निखिल उप्रेतीसंग दोश्रो विवाह गरेर दुई सन्तान जन्माएकी उनले बागबजारको पद्मकन्या क्याम्पसबाट समाजशास्त्रमा एम ए गरेकी छिन् ।

निशा अधिकारीः

कहिले सगरमाथा चढेर त कहिले कपाल पूरै मुण्डन गरेर चर्चामा आईरहन मन पराउने निशा अधिकारी पछिल्लो समय नेपाली क्रिेटर शरद भेष्वाकरसंग विवाह गरेर झन चर्चीत बनेकि हुन् । उनले फिल्म र सामाजिक विज्ञानमा स्नातक सम्मको अध्यन गरेकी छिन् ।

 

 

प्रकाशित मिति: Dec 13, 2020

प्रतिक्रिया दिनुहोस्