Logo
२२ बैशाख २०८१, शनिबार
(December 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रुसले बनाएको कोरोनाविरुद्धको स्पुतनिक भी भ्याक्सिन ९६.२ प्रतिशत प्रभावकारी

रुसले बनाएको कोरोनाविरुद्धको भ्याक्सिन अहिलेसम्म विकास भएका खोपमध्ये सबैभन्दा बढी प्रभावकारी रहेको दाबी गरिएको छ ।

भ्याक्सिनको नियमनकारी स्वतन्त्र कमिटिीका सदस्य रामिल खाब्रिएभले बिहिबार स्पुतनिक भी भ्याक्सिन दुवै डोज लगाएर परीक्षण गर्दा ९६.२ प्रतिशत प्रभावकारी पुष्टि भएको बताएका हुन् ।

स्पुतनिक भी नामक उक्त भ्याक्सिन ९६.२ प्रतिशत प्रभावकारी रहेको दाबी गरिएको हो ।रुसी समाचार संस्था तासका अनुसार वैज्ञानिकहरुको फोरममा रामिलले पहिलो र दोस्रो डोजको खोप लगाएपछिको अवस्था परीक्षणबाट प्रभावकारीताको प्रतिशत निकालिएको तर्क गरेका हुन् ।

उनले यसलाई थप पुष्टिका लागि तथ्यांक समेत पेश गर्ने बताएका छन् ।स्पुतनिक भी सँसारमै पहिलोपटक विकास भई दर्ता भएको भ्याक्सिन हो ।

११ अगष्टमा रुसमा दर्ता भएपछि यसको आकस्मिक परीक्षण शुरु गरिएको थियो । रुस भ्याक्सिनको सर्वसाधारणमा प्रयोग गर्ने पहिलो मुलुक बनिसकेको छ । उसले गत हप्ताबाट भ्याक्सिन प्रयोग गर्न शुरु गरिसकेको छ ।

फाइजर कम्पनिले विकास गरेको भ्याक्सिन सबैभन्दा बढी प्रभावकारी दाबी गरिएको थियो । मोर्डना र अक्सफोर्डले विकास गरेको भ्याक्सिन पनि प्रभावकारी रहेको मानिएको छ ।

तर, फाइजरको तुलनामा रुसी भ्याक्सिनको मूल्य कम छ । अहिलेसम्म विकास भएकामध्ये सबैभन्दा सस्तो अक्सफोर्ड भ्याक्सिन हुने देखिन्छ ।

प्रकाशित मिति: Dec 11, 2020

प्रतिक्रिया दिनुहोस्