Logo
१२ बैशाख २०८१, बुधबार
(December 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुलाहा बन्दै मनोज गजुरेल !

हास्य कलाकार मनोज गजुरेलले दोस्रो बिहे गर्ने गरी तयारीमा लागेका छन् ।

‘बिहे गर्ने हो । तर, अब तत्काल आजभोलि होइन । केहि व्यवहारिक कुरा मिलाउन बाँकी छ दुवैतर्फ । मान्छे चयन गरिसकेको अवस्था हो,’ उनले सुनाए ।

कहिले हो त बिहे भन्ने प्रश्‍नमा गजुरेलले भने ‘अब नयाँ वर्ष कुरौं । २०७८ को कुनै महिना, त्यो पक्का भइसकेको छैन । ‘

यसअघि मीना ढकालसँग बिहे गरेको २२ वर्षपछि उनी दुईको सम्बन्ध विच्छेद भएको थियो । उनका दुई सन्तान छन् ।

प्रकाशित मिति: Dec 10, 2020

प्रतिक्रिया दिनुहोस्