Logo
१५ बैशाख २०८१, शनिबार
(December 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यौन जीवनलाई सुखमय कसरी बनाउने ?

पति पत्नीविच दुबैको यौन इच्छा पुरा हुन नसके दुई बिच खटपट सुरु हुन सक्छ । दाम्पत्य जीवन खुशि र सुखि राख्न यौन जीवनको अत्यन्त ठूलो महत्व रहन्छ ।

यौन सम्पर्कबाट केवल मनोरञ्जन मात्र प्राप्त हुने होइन । त्यसले शारीरिक तथा मानसिक रुपमा धेरै लाभ पनि मिल्दछ ।

पति पत्नीबीचको सम्बन्धलाई थप सुमधुर र मीठासपूर्ण बनाउने माध्याम भनेकै यौन सम्पर्क हो । जसले सफल दाम्पत्य जीवनको एउटा हिस्सा ओगटेको हुन्छ । सफल यौन जीवनका लागि स्वस्थ्य शरीर र उचित समय, इच्छाशक्ति पनि चाहिन्छ । मानसिक तनाव रहित समयमा गरिएको यौनको भिन्नै महत्व हुन्छ । मानसिक रुपमा विछिप्त मानिसको जब संवेदना मिल्दैन, तब उत्थानको अभाव हुन्छ । जसले यौन इच्छालाई नकारात्मक प्रभाव पार्दछ ।

त्यसैगरि यौन क्रियामा दुबैको उत्साह अपरिहार्य हुन्छ । यदि पार्टनरमा कुनै उत्साह हुँदैन भने, त्यसले पनि यौन जीवनलाई प्रभावित बनाउँछ । जसले आफ्नो पार्टनरलाई सन्तुष्टि नबनाउन सक्छ ।

यौन क्रियामा दुवैको समान सहभागिता हुन अनिवार्य छ । यदि दुबैको समान रुचि नभए यौन क्रियाले सन्तुष्टि नदिन सक्छ । बलजफत र एकहोरो यौन क्रिया त्यति लाभप्रद हुन सक्दैन । दुबैमा यौन रुची हुनुपर्छ र सक्रियता पनि उत्तिकै हुनु पर्दछ ।

शरीरको कुनैपनि भागमा दुखाई एवं पीडा छ भने यौन सम्पर्कमा जोड दिनु हानिकारक हुन सक्छ । यस कुरालाई पार्टनरले बुझ्न सक्नु पर्दछ । दुबैको तन्दुरुस्त तथा समान आवश्यकतालाई बुझेर गरिने यौनले मनलाई शान्त र रोमान्टिक तुल्याउँछ ।–एजेन्सीको सहयोगमा

प्रकाशित मिति: Dec 9, 2020

प्रतिक्रिया दिनुहोस्