Logo
११ बैशाख २०८१, मंगलबार
(December 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नम्रता श्रेष्ठ बनिन् ‘मिस नेपाल वर्ल्ड २०२०’

शनिवार राजधानीमा सम्पन्न ग्रान्डफिनालेमा २० प्रतिस्पर्धीलाई पछि पार्दै नम्रता श्रेष्ठले  ‘मिस नेपाल वर्ल्ड २०२०’ उपाधि जितेकी छन् ।

२३ वर्षीया नम्रता श्रेष्ठले यस वर्षको मिस नेपाल उपाधि जितेकी हुन् । किन्डरगार्डेन शिक्षिकासमेत रहेकी नम्रताले अब मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्न पाउनेछिन् ।

उनलाई ‘मिस नेपाल वर्ल्ड २०१९’ की विजेता अनुष्का श्रेष्ठले ताज पहिराएकी थिइन् ।यस्तै मिस नेपाल सुप्रानेसनल उपाधि सिमल कनौजिया, मिस नेपाल इन्टरनेसनल उपाधि सन्ध्या शर्मा, मिस नेपाल अर्थको उपाधि सुप्रिया श्रेष्ठले जितेका छन् ।

त्यस्तै सह–उपाधितर्फ मिस कन्फिडेन्टको मिस नेपाल नम्रता, मिस ब्युटी विथ पर्पज सन्ध्या शर्मा, मिस हेल्दि नेहा सरकार, मिस फोजेनिक आस्थिका श्रेष्ठ, मिस पपुलर चोइस सन्ध्या शर्मा र मिस ग्ल्यामर योजना भट्टराई घोषित भइन् ।

नम्रताले यसअघि मिस नेपाल २०१६ मा पनि सहभागिता जनाएकी थिइन् । त्यो बेला उनी शीर्ष पाँचसम्म पुग्न सफल भएकी थिइन् ।

कार्यक्रममा सज्जा चौलागाईंले गायन प्रस्तुति दिइन् । निर्णायकतर्फ शिक्षित भट्ट, टुलिका अग्रवाल, करण वैध, मिस नेपाल २०१७ निकिता चाण्डक, डा.पुकार मल्ल, डा।राज राणा, प्रिती सिटौला, सुमन शाक्य, अभिनेत्री स्वस्तिमा खड्का, हेलिकप्टर क्याप्टेन प्रिया अधिकारी लगायत थिए ।

प्रकाशित मिति: Dec 6, 2020

प्रतिक्रिया दिनुहोस्