Logo
१८ बैशाख २०८१, मंगलबार
(December 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाहापाउनुहोस् : हजुर आमा र नातिको विवाह हुने एक अनौठो स्थान!

यो संसार सृष्टि गर्ने बेलामा प्रमेश्वरले अचम्म तरिकाले निमार्ण गर्नु भएको छ । यो संसारमा धेरै जाति बस्ने गर्छन् ।

उनीहरुले आफ्नो जीवनकालमा धेरै कला, सस्कृति, धर्म, परम्परा ,समाज निमार्ण गर्ने गर्छन् । हाम्रो समाजलाई ब्यवस्थित बनाउनको लागि मानिसले विकास गराएको प्रथा एक हो विवाह ! तर विश्वमा विवाहलाई लिएर धेरै अन्धविस्वास र कुरीतिलाई विकास गराएको हामीले सुन्न र देख्न सक्छौ ।

जस्तै चिनमा भूतसँग विवाह, भारतमा कुकुरसँग विवाह, त्यस्तै नेपालमा पनि बेलसँग विवाह, ढूंगासँग विवाह जस्ता परम्परा सदिउदेखि चल्दै आएका छन् ।

ति परम्परालाई हामी जति शिक्षित भए पनि अझै हटाउन सकेका छैनौँ । हामीले नचाहेर पनि त्यही परम्परालाई अगाल्न बाध्य भएका छौ ।

हाज हामी तपाईलाई हजुर आमा र नातिको विवाह हुने परम्पराको बारेमा जानकारी दिन गइरहेका छौँ । विभिन्न देशहरुमा विवाहका आ-आफ्नै परम्परा हुने गर्छन् । यो घटना एमपीमा भएको एक समुदायको हो ।

कतै देवर-भाउजुबीच विवाह भएको त सुनेका छौ तर, हजुरआमा-नातिको विवाह भएको बारेहामीले सायद सुनेका छैनउ होला तर एमपीमा एक यस्तो समुदाय पनि छ जहाँ, महिला पतिको मृत्यु भएपछि विधवा हुँदैनन् ।

त्यहाँका मानिसहरु हजुरआमासँग नाति र भाउजुको देवरसँग विवाह गर्न पनि तयार हुन्छन् ।गोड समुदायका महिलाहरु विधवा भेटिदैनन् ।

यो समुदायमा घरमा कोही विधवा भएमा घरकै कुमार केटासँग विवाह गराइदिन्छन् ।हजुरबुबा मरेको ९ दिनमा नाति र हजुरआमाको विवाह गरिदिन्छन् ।

विवाहपछि परिवारमा हुने सम्पुर्ण कार्यमा पति पत्नीको रुपमा सहभागी हुन्छन् ।हजुरबुवाको निधनपछि नातिसँग हजुरआमाको विवाह भएमा त्यो नाति घरको मुखिया हुन्छ ।

चाहे उनका बाबु जिउँदा भए पनि ।यसरी नाबालिगले आफ्नो इच्छा विपरित जबरजस्ती विवाह गर्नूपर्छ । तर नाबालिगले पछि ठुलो भएर दोस्रो विवाह गर्न चाहेमा हजुरआमाको निधन नभए पनि अनुमति पाउँछ ।

उमेरमा धेरै फरक भएको कारण शारीरिक सम्बन्ध उनीहरुबीच हुदैँन । तर, भैहाले पनि त्यो समाजले गलत ठान्दैन् ।

गोंड समाजका सुन्दर बाईको विवाह सानो देवरसँग भएको थियो । उनको विवाह भएको २ वर्षपछि पतिको निधन भयो र विधि विधानले कुमार देवरसँग विवाह भएको थियो ।

एक मिडियको रिपोर्ट अनुसार, यदि दोस्रो विवाह कुनै महिलाले अस्विकार गरेमा विशेष अवसरमा चादीका कडे दिइन्छ, त्यसपछि विवाह फिर्ता भएको मान्यता दिएर महिलालाई कुमार केटाको जिम्मामा राखिन्छ । एजेन्सी

प्रकाशित मिति: Dec 4, 2020

प्रतिक्रिया दिनुहोस्