Logo
१८ बैशाख २०८१, मंगलबार
(December 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाहापाउनुहोस् : यस्तो मन्दिर जहाँ पुरुषलाई १६ श्रृंगार गरे मात्र मन्दिरमा पूजा अनुमति पाउने !

भारत बुहुभाषिक र बहुधार्मीक देश भनेर चिनिन्छ । यहाँ धेरै जातिहरु बस्ने गर्छन् र त्यहि अनुसार धर्म, संस्कृति मठ, मन्दिर बनाएको पाइन्छ ।

आज हामी तपाईलाई भारतको केरालामा भएको एक अनौठो मन्दिरको बारेमा जानकारी दिन गइरहेका छौ । भारतको केरालामा एक यस्तो मन्दिर छ जसको नाम हो श्रीदेवी जहाँ पुजा गर्नकै लागि पुरुषहरु श्रृंगार गर्छन् र महिला बन्छन् ।

श्रीदेवी मन्दिरमा देवीको पुजाको यस्ता परम्परा रहेका छन् । त्यहाँ पुजा गर्नकै लागि देश तथा विदेशबाट मानिसहरु आउने गर्छन् ।पुरुषलाई महिलाको १६ श्रृंगार गरे मात्र मन्दिरमा अनुमति दिइन्छ ।

यो मन्दिरमा हरेक वर्ष २३ र २४ मार्चमा चाम्याविलक्कु उत्सव मनाउने गर्छन् ।यस उत्सवमा पुरुष पनि महिला जस्तै भएर साडी लगाएर १६ श्रृंगार गरेर माताको आराधना गर्ने गर्छन् ।

महिलाहरुलाई मन्दिरमा प्रवेश नदिएको त सुनेकै छौ तर यो मन्दिरमा भने पुरुषहरु महिला बनेर मात्र पुाज गर्न पाउँछन् । यो मन्दिरमा देवीको मा को मुर्ति आफै प्रकट भएको भन्ने मान्यता रहदै आएको छ ।

यो मन्दिरमा पुरुषले महिलाको कपडा लगाएर ढुगांमा फुल चढाएका थिए । फुल चढाएपछि ढुंगााबाट दिव्य शक्ति निक्लेको थियो । त्यही ढुगांमा कसैले नरिवल फोडीरहेका थिए त्यही समयमा पत्थरबाट रगत बगेको थियो ।

पछि मानिसहरुले त्यहाँ पुजा गर्न थालेको किम्बदन्ती रहेको छ । त्यसैले केरलाको यो मन्दिर एक यस्तो मन्दिर हो जसको गर्भगृहको माथि कलश छैन ।एजेन्सी

प्रकाशित मिति: Dec 3, 2020

प्रतिक्रिया दिनुहोस्