Logo
८ बैशाख २०८१, शनिबार
(December 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सातै प्रदेशमा सवारी चालक अनुमति पत्रका लागि अनलाइन आवेदन खुल्ला

यातायात व्यवस्था विभागले सातै प्रदेशमा सवारी चालक अनुमति पत्रको अनलाइनमार्फत आवेदन खुला गरेको छ ।

यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको अनलाइनमार्फत बुधवार आवेदन खुला गरेको विज्ञप्तिमा उल्लेख छ ।

चालक अनुमति पत्रको परीक्षा र अनलाइन फारम दर्ता प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र त्यस अन्तर्गतका कार्यालयको माग बमोजिम खुल्ला गरिने विभागले जनाएको छ ।

यदि कोही व्यक्ति आवेदन दिन इच्छुक भएको खण्डमा उसले सम्बन्धित प्रदेश मन्त्रालय र यातायात कार्यालयहरूमा सम्पर्क गरी आवेदन दिन सक्ने विभागले जनाइएको छ।

त्यसका लागि विभागले ७ वटै प्रदेशका भौतिक तथा पूर्वाधार विकास मन्त्रालयका सूचना अधिकृत तथा सम्बन्धित व्यक्तिको सम्पर्क नम्बर समेत उपलब्ध गराएको छ।

प्रकाशित मिति: Dec 3, 2020

प्रतिक्रिया दिनुहोस्