Logo
६ बैशाख २०८१, बिहीबार
(December 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाहापाउनुहोस् : विवाहित मानिसहरु नुहाए सम्बन्ध बिच्छेद हुने एक अनौठो घाट !

यो संसारको सृष्टि पनि धेरै विविधताले भएको मानिन्छ । यहाँ धेरै जाति बस्ने गर्छन् र उनिहरुले त्यही अनुसार धर्म र मान्यताको विकास गरेको पाइन्छ ।

विश्वमा पूवीर्य दर्शन र पश्चिमी दर्शन अनुसार नै धर्म सस्कृति विकास भएको पाइन्छ । पूर्वीय दर्शन अगालेर सबै भन्दा धेरै धर्म र संस्कार विकास गरेको देश मध्ये भारत एक हो ।

यहाँ धेरै जातिका मानिस बस्ने गर्छन् सो यहाँको धार्मीक मान्यता पनि फरक फरक रहेको पाइन्छ । त्यसैले भारत हिन्दुधर्मको लागि महत्वपूर्ण देश भनेर पनि विश्वमा चिनिएको पाइन्छ ।

धेरै जसो हिन्दुधर्मको ठूला मन्दिर भारतमा रहेका छन् । आज हामी तपाइलाई भारतको एक घाटको बारेमा जानकारी दिन गइरहेका छौ । भारतको वारायणी गंगा तटमा करीब ८४ वटा घाट छन् ।

प्रत्येक घाटको अलग–अलग कहानी र मान्यता छन् । यो मध्ये एक घाट यस्तो छ, जहाँ विवाहित मानिसहरु नुहादैनन किनकी त्यहाँ स्नान गर्नु दुखमा फस्नु सम्झन्छन् ।

बनारसको यस घाटको निर्माण दत्तात्रेय स्वामीले गरेका थिए । भगवान विष्णुका परम भक्त नारद मुनिको नामबाट यस घाटको नाम राखिएको हो ।

नारद घाटलाई पहिला कुवाईघाटको नामले चिनिन्थ्यो । उन्नाइसौ शताब्दीको मध्यमा घाटमा नारदेश्वर ९शिव० मन्दिर निर्माण गरिएको थियो ।

यसपछि घाटको नाम परिर्वतन भएर नारद घाट रहन गएको हो । नारदेश्वर शिवको स्थापना देर्वर्षि नारदले गरेका मान्यता रहेको छ ।

यस घाटमा जो विवाहित जोडी गएर नुहाउँछन् उनीहरुबीच मतभेद बढ्न थाल्ने मान्यता रही आएको छ । उनीहरुको परिवारिक जीवनमा आपसी तालमेल बिग्रिदै जानाले कालान्तारमा सम्बन्ध बिच्छेद हुने विश्वास गरिन्छ । एजेन्सी

प्रकाशित मिति: Dec 1, 2020

प्रतिक्रिया दिनुहोस्