Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यी अवस्था भएका मानिसले भुलेर पनि नखानुहोस् तीते करेला! यस्ता छन् बेफाइदा

तीते करेला भन्ने वितिकै हामी सबैलाई थाहाभएकै कुरा हो । तीते करेला भन्ने वितिकै हामी सबैलाई थाहाभएकै कुरा हो ।तीते करेला प्राय मानिसले मनपराउने गर्दैनन् किनभने खाँदा धेरै तितो हुने गर्छ ।

हाम्रो समाजमा प्राय जसो यस तरकारीले प्रेसर कम गर्छ भन्ने आम धारणा रहेको छ । तर तीते करेला खनिज पदार्थयुक्त तथा औषधीय गुणले भरपूर तरकारीको रुपमा मानिने गरिन्छ । सब्जीको रूपमा प्रयोगगरिने करेला लहरामा फल्ने फल हो।

करेलामा रहेको (Momordicin) नामक रासायनिक पदार्थले गर्दा यसको स्वाद तीतो हुन्छ।आयुर्वेदिक चिकित्सामा तीते करेलालाई विभिन्न औषधिमा उपयोग गरिन्छ।तितेकरेलाले विशेषगरी-उच्च रक्तचाप, मधुमेह रोग, बाथको रोग अरू विभिन्न रोग निदानका लागि समेत प्रयोग गरिन्छ भने युनानी चिकित्साको दृष्टिमा पिसाबको रोग निको पार्छ, मस्तिष्कलाई तन्दुरूस्त राख्दछ, आउँ र कफलाई राम्रोसँग निको पार्छ।

यति धेरैतिते करेलाको फाइदा हुदाँहुदैँ पनि यसको केहि बेफाइदाहरु पनि रहेका छन् । आज हामी तपाइलाई यसको बेफाइदाको बारेमा जानकारी दिन गइरहेका छौ । तिते करेला कतिपय बिरामीका लागि विष सरह हुने गर्छ ।

तिते करेलाका बेफाइदा

-तीते करेला गर्भवती महिलाले भुलेर पनि नखानुहोस् यसले गर्भ तुहिने सम्भावना हुन्छ ।

यसले गर्भवती महिलाको स्वास्थ्यमा असर पुर्याउछ । फर्टिलिटिको औषधी सेवन गरिरहनुभएको छ भने करेलाको प्रयोगले फर्टिलिटि सम्बन्धि औषधीको प्रयोलाइ कम गर्छ र रोगको मात्रा बढ्दै जान्छ ।

-महिनावारीको समस्या छ भने बढी करेला खाने बानी आजैबाट छोड्नुहोस् । यो समयमा अत्याधिक रक्तस्राव हुनसक्छ त्यसैले यो समयमा करेला सेवनबाट टाढा बस्नु नै बेस हुन्छ ।

-यदि तपाइमा पायल्सको समस्या छ भने तिते करेला नखानुहोस् किनकि यसले पायल्सको समस्यालाइ थप बल्झाउन मदत गर्छ ।
सल्यक्रिया गरेपछि पनि तिते करेलाको प्रयोग गर्नु हुँदैन् यस्तो अवस्थामा करेलाको प्रयोगले रगतमा सुगरको मात्रालाई प्रभावित पार्छ र सल्यक्रिया भएको २ हप्ता पछि मात्र करेला प्रयोग गर्न चिकित्सकले सल्लाह दिएका छन् ।

-कलेजो समस्या भएकाहरूले पनि तीते करेलाको प्रयोग गर्नुहुँदैन । यसको अत्याधिक प्रयोगले कलेजोमा इन्जाइम्स बढ्न थाल्छ जसले इन्फेक्सनको समस्या बढाउँछ । पत्रपत्रिका

प्रकाशित मिति: Dec 1, 2020

प्रतिक्रिया दिनुहोस्