Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चितवनमा १० महिनामा थपिए ६७ नयाँ एचआईभी संक्रमित, १६ जनाको मृत्यु

बाग्मती प्रदेश अन्तरगत चितवन स्थित भरतपुर अस्पतालमा रहेको एचआइभी उपचार केन्द्रका अनुसार गएको १० महिनामा समुदायस्तरमा पुगेर ६ हजार ७०६ जनामा एचआईभी परीक्षण गर्दा ६७ जना नयाँ एचआईभी संक्रमित पत्ता लागेको छ ।

सन् २०२० को दश महिनामा १६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १० जना पुरुष र ६ महिला छन् ।मृत्यु हुनेमध्ये एक संक्रमित पुरुषलाई कोरोना भाइरसको संक्रमणसमेत भएको थियो ।

तीमध्ये ११ जनामा क्षयरोग पनि देखा परेको छ । कार्यक्रमका फोकल पर्सन डा. युवनिधी बसौलाले एचआईभी संक्रमितलाई क्षयरोगको जोखिम पनि उच्च हुने बताएका छन् । ।

एचआईभी संक्रमित हुँदाहुँदै मदिरापान, कलेजो, क्यान्सर, रक्तअल्पता, क्षयरोग आदि समस्याका कारण उनीहरुको मृत्यु हुने गरेका छ ।

अधिकांश थपिने नयाँ संक्रमितहरु सुई साटासाट भन्दा पनि असुरक्षित यौन सम्पर्कका कारणले संक्रमित भएको पाइएको डाक्टरले बताए । धेरैजसो घुमुवा सेक्स वर्करहरुमा एचआइभीको संक्रमण देखिएको उनले बताए ।

चितवनमा सन् २०२० को हालसम्ममा अन्य जिल्लाबाट स्थानान्तरण भएर आएका बिरामीको संख्या ४० पुगेको छ । त्यसमा २१ जना पुरूष, १६ जना महिला र तीन जना बालबालिका छन् ।

१० महिनाको अवधिमा औषधि सुरू गरेका नयाँ बिरामीको संख्या भने ११६ छ । त्यसमा ६४ पुरूष, ४७ महिला र पाँच जना बालबालिका छन् ।

सन् २००७ यता भरतपुर अस्पतालको एआरटी सेन्टरमा उपचारका लागि नाम दर्ता गराउनेको संख्या एक हजार ९३ पुगेको छ । त्यसमा ९८९ पुरूष, ७६० महिला र १४५ जना बालबालिका छन् ।

एआरभी औषधि लिनेको संख्या भने ९०० पुगेको छ । त्यसमा ४५८ पुरूष, ४४२ महिला र ५० जना बालबालिका छन् । चितवनमा अहिलेसम्म १४२ संक्रमितको मृत्यु भएको छ ।

एचआईभी संक्रमित भएकाहरुलाई कोरोना भाइरसको संक्रमण भए जोखिम बढी हुने भएकाले थप सतर्कता अपनाउनुपर्ने डाक्टरले ले बताए ।

लकडाउनको समय अवधिभर भरतपुरको उपचार केन्द्रले सम्भव भएका स्थानहरुमा बिरामीको घरमै पुगेर परामर्श र औषधि दिने कामसमेत गरेको थियो ।

नेपालमा करिब ३० हजार जनामा एचआईभी संक्रमित भएको अनुमान छ ।हालसम्म २३ हजार १३७ जना एचआईभी पत्ता लागेको छ ।

औषधि सेवन गर्नेको कुल संख्या भने १८ हजार ६२८ जना रहेको एचआईभीको क्षेत्रमा काम गर्दै आएको एड्स हेल्थ केयर फाउन्डेसन ९एएचएफ० चितवनका संयोजक कृष्णहरि सापकोटाले बताए ।

नेपालमा नयाँ पत्ता लागेका एचआइभी संक्रमितको संख्या ७९० र हालसम्म मृत्यु भएकाको संख्या ७४० रहेको छ । online khaber

प्रकाशित मिति: Dec 1, 2020

प्रतिक्रिया दिनुहोस्