Logo
७ बैशाख २०८१, शुक्रबार
(November 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाहापाउनुहोस् : ४ सय वर्षदेखि पुच्छरमा टोकेर गाई दौडाउँने एक यस्तो अनौठो पर्व !

यो संसारको सृष्टि पनि प्रमेश्वले अचम्म तरिकाले बनाउनु भएको छ । हामी एकछिन मौन भएर विचार गर्यौ भने पनि यो संसारको प्राकृतिक नियम छुटै रहेको छ ।

जुन मानिसले कहिलै पनि परिर्वतन गर्न सक्दैन १ भनिन्छ एक खोला तरेपछि भाषा र सस्कृति परिर्वतन हुन्छ त्यस्तै यो संसारनै विविधताले भरिएको छ ।

यहाँ धेरै जात जाति,रीतिरिवाज,परम्परा, धर्म सस्कृति नीतिनियम कानुन बनेको हुने गर्छ । यो संसारमा धेरै जातिका मानिसहरु बस्ने गर्छन् ।

उनिहरुले आफ्नो सस्कार विकास गरिरहेका हुन्छ । विश्वमा विविध ठाउँमा बिभिन्न किसिमका परम्परा कायम रहेका छन् छन् । कतिपय यस्ता परम्पराहरु हुन्छन् जो हामीलाई सुन्दैमा पनि अचम्म लाग्ने गर्छ । यस्तै एउटा परम्परा इण्डोनेसियामा रहेको छ ।

इण्डोनेसियामा देशमा एउटा यस्तो खालको दौड प्रतियोगिता हुन्छ जसमा मानिसको साटो गाईलाई दौडाइने गरिन्छ ।
यो गाई दौड महोत्सवलाई इण्डोनेसियामा पाकु जावी भनिन्छ । पश्चिम सुमात्राको तनाह दतारमा हरेक वर्ष धान रोपिसकेपछि यो महोत्सव हुन्छ ।

दौडमा आफ्नो गाईलाई धेरै भन्दा धेरै दौडाउनका लागि किसानहरुले गाईको पुच्छरमा जोडसँग टोक्दछन् तथा गाईको पुच्छर निमोठ्छन् ।

४ सय वर्षदेखि चलिरहेको गाई दौड प्रतियोगिता किसानहरुको प्रतिष्ठाको लडाइँ हो ।यो महोत्सवमा किसानहरुलाई आफ्नो गाईको तागत देखाउने निकै राम्रो मौका हुन्छ ।

यो दौडमा पहिलो हुने गाईको मालिकले आफ्नो गाईलाई धेरै भन्दा धेरै मूल्यमा बेच्न सक्छ । पहिलो हुने गाईको मालिकले जति मूल्य बोलेपनि गाई किन्ने मान्छे तयार हुन्छन् ।

यो दौडका लागि तयार पार्न किसानहरुले आफ्नो गाईलाई रिकुटे सैनिकलाई जस्तै गरी तालीम दिन्छन् । जसरी होस् आफ्नो गाइले दौड जित्नुपर्छ भन्ने मनमा राखेर गाईको स्याहार सुसार गर्छन् ।

गाई दौडाउने यो पर्व इण्डोनेसियामा प्रचलित छ र यो पर्व हेर्न टाढा टाढाबाट पनि मानिसहरु आउँछन् ।एजेन्सी

प्रकाशित मिति: Nov 27, 2020

प्रतिक्रिया दिनुहोस्