Logo
६ बैशाख २०८१, बिहीबार
(November 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जान्नुहोस् : यी हुन् फ्लप फिल्मका ५ हिट नायिका !

भनिन्छ चलचित्रसँगै कलाकारको भाग्य जोडिएको हुन्छ । जब चलचित्र सफल हुन्छ त्यसपछि मात्र कलाकारको सफलता पनि त्योसँगै जोडिएको हुन्छ ।

नेपाली नेपाली चलचित्रको बजार दिनप्रतिदिन खस्कीरहेको छ । अहिले चलचित्र निर्माताहरुले करोडौ लगानि लगाएर एक फिलिम निमार्ण गछन् तर उनिहरुको लगानी समेत उठन सकिरहेको छैन ।

अझ यतिबेला त झन कोरोना कारण सम्पूर्ण सिनेमा हल बन्द रहेका छन् जसले खरबौ घाटा लागिरहेको छ । पहिला चलचित्र रिलिज भए पनि खासै सफल हुन नसकेका सिनेबजारमा धरै रहेका छन् तर चलचित्र असफलताले केहि नेपाली नायिकाहरुलाई भने खासै प्रभाव परेको छैन ।

आज हामी तपाईलाई चलचित्र असफल बन्दा पनि आफूहरु सफल बनेका ५ नायिकाको बारेमा चर्चा गर्दै छौ । एक पछि अर्को चलचित्रमा असफल हुन्छ । तरपनि निर्देशकहरु चलचित्रमा लिनको लागि चर्को पारिश्रमिक दिन पनि तयार हुन्छन् ।

चलचित्र असफल भए पनि दर्शक माझ उनिहरूको अभिनयको पनि हुने गर्छ तारिफ हुनेगर्छ ।

 

फ्लप फिल्मको हिट ५ नायिका निन्न छन् – 

केकी अधिकारी

नायिका केकी अधिकारीलाई भर्सटाइल अभिनेत्रीको रुपमा हेरिन्छ । उनले हरेक प्रकारको अभिनय गर्न सकिन्छ । तर विडम्बना बक्सअफिसमा उनका चलचित्र त्यति सफल छैनन् ।

यसबिचमा ‘छ माया छपक्कै’ उनको पहिलो सुपरहिट चलचित्र मानिएको छ तर यसमा पनि ‘छक्का पन्जाको टिमको’ नाम जोडेका छन् ।गतबर्ष रिलिज भएको चलचित्र ‘छ माया छपक्कै’ सहित नायिका केकीले २५ चलचित्रमा काम गरिन् सकेके छन् ।

केकी आफूलाई लक्की नायिका मान्छिन् किनभने आफ्नो २४ चलचित्र फ्लप भएपनि आफु कहिल्यै फ्लप भइनन् । उनको हातमा एक पछि अर्को अफर आएका हुन्छ । त्यसैले उनलाई फ्लप फिल्मको हिट नायिका मानिन्छ ।

ऋचा शर्मा

अभिनेत्री ऋचा शर्माको अभिनयको पनि दर्शकसामु तारिफ हुनेगर्छ । तर उनका चलचित्र हलमा लाग्छन तब दर्शक तान्न नसक्ने नायिकाको रुपमा चिनिन्छन ।

चलचित्र ‘सुनकेशरी’ बाट उनले राम्रो अपेक्षा राखेकी थिइन् तर उक्त चलचित्र पनि बक्स अफिसमा असफल भएको छ ।यस्तै, उनी चलचित्र ‘फिर्के’ र ‘घर’ विशेष भूमिकामा देखिइन् । ऋचालाई देखाएर हलमा दर्शक तान्ने सोच बोकेका निर्माता सुलेमान शंकर पनि निराश बने ।

श्रृष्टी श्रेष्ठ

श्रृष्टीले सन् २०१२‎ की ‘मिस नेपाल बनेपछि उनी पुरै मोडेलिङमा छिरेकी थिइन् । युवा पुस्ताले निकै रुचाएकी नायिका हुन् श्रृष्टी श्रेष्ठ ।  सन् २०१६ मा आएको ‘गाजलु’ अनमोल केसीसंग उनले आफ्नो फिल्मी यात्रा सुरु गरेकी हुन् भने चलचित्र सुपरहिट भएको थियो ।

श्रृष्टीको अभिनय र सुन्दरताको निकै चर्चा चलेको थियो । ‘बाँध मायाले, ‘पोइपर्‍यो काले’, ‘माछा माछा’ गरि लगभाग ५ देखि ६ वटामा देखिएकी छन् तर सबै फ्लप बने । चलचित्र असफल भएपनि उनको हातमा फिल्म भने खाली भएको छैन् ।

निता ढुङ्गाना

निता ढुङ्गानाले सन् २०११ मा आएको नेपाली चलचित्र ‘किशन’ बाट आफ्नो फिल्मी यात्रा शुरु गरेकी थिइन् । ‘म्सान’, ‘हाम्रो माया जुनी जुनीलाई’, ‘चाडै आऊ है’, ‘म बिर्सु कसरी’, ‘आई एम सरी’, ‘वार’, ‘नोटबुक’,’धुन’ लगायतका दर्जनौ चलचित्रमा बक्स अफिसमा सफल भएका छैनन् ।

तर उनले नेपालि चलचित्र मात्र नभई भोजपुरी, हिन्दिमा चलचित्रमा पनि अभिनय गरेकी छन् । नितालाई लक्की नायिका पनि चिनी छन् तर नितालाई एक पछि अर्को चलचित्रमा अफर आएकै हुन्छन ।

शिल्पा पोखरेल

नायिका शिल्पा पोखरेलले पूर्ण राईको ‘हल्का हल्का’ बोलको म्युजिक भिडियोमाबाट मोडेलिङमा छिरिकी उनले सन् २०१५ मा आएको चलचित्र ‘लज्जा’ बाट नेपाली रजतपट डेब्यु गरेकी थिइन् ।

उनले ‘किस्मत २’, ‘वीराङना’,‘भिलेन’लगायतका दर्जनौ चलचित्रमा बक्स अफिसमा असफल भएका छन् । उनि कुनै न कुनै कामबाट खाली हुनुपरेको छैन । पत्रपत्रिका

 

प्रकाशित मिति: Nov 25, 2020

प्रतिक्रिया दिनुहोस्